पाकिस्तानमा ८२ वर्षपछि खोलियो १ हजार वर्ष पुरानो हिन्दू मन्दिर « Khabarhub

पाकिस्तानमा ८२ वर्षपछि खोलियो १ हजार वर्ष पुरानो हिन्दू मन्दिर


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऐजेन्सी– पाकिस्तान मुस्लिम धर्मावलम्वीको बाहुल्य भएको मुलुक भए पनि त्यहाँ हिन्दू मन्दिर रहेको कुरा सवैलाई थाहा नहुन सक्छ ।

पाकिस्तानको सियालकोटमा रहेको एक हजार वर्ष पुरानो हिन्दू मन्दिर पूजाआजाका लागि ८२ वर्षपछि पहिलो पटक खोलिएको छ ।

अधिकारीहरूले बताए अनुसार स्थानीय व्यक्तिहरूले माग गरेपछि यसलार्ई खोलिएको हो । दिवंगत लेखक राशिद नियाजद्वारा लेखिएको ‘हिस्ट्री अफ सियालकोट’का अनुसार यो मन्दिर १००० वर्ष पुरानो छ, लाहोरबाट १०० किलोमिटर टाढा धारोवाल क्षेत्रमा पर्ने यो मन्दिरको नाम शवाला तेजा सिंह मन्दिर हो ।

पाकिस्तानमा अल्पसंख्यकहरूको पवित्र स्थलहरूको रेखदेख गर्ने इवेक्यु ट्रस्ट प्रोपर्टी बोर्डले हिन्दू समुदायको मागअनुसार ८२ वर्षपछि पहिलोपटक मन्दिर खोलेको हो ।

बोर्डका एक अधिकारीले बताए अनुसार पहिले सो क्षेत्रमा हिन्दू धर्मावलम्बीहरू नबसेका कारण यो मन्दिर बन्द थियो । सन् १९९२ मा भारतमा बाबरी मस्जिद विध्वंसपछि यो मन्दिरमा हमला भएको थियो र मन्दिरमा आंशिक क्षति पुगेको थियो ।

पाकिस्तानमा हिन्दू समुदाय सबैभन्दा ठूलो अल्पसंख्यक समुदाय हो । तथ्यांकअनुसार पाकिस्तानमा करिब ७५ लाख हिन्दू छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ४७ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै