पाकिस्तानमा ८२ वर्षपछि खोलियो १ हजार वर्ष पुरानो हिन्दू मन्दिर « Khabarhub

पाकिस्तानमा ८२ वर्षपछि खोलियो १ हजार वर्ष पुरानो हिन्दू मन्दिर


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऐजेन्सी– पाकिस्तान मुस्लिम धर्मावलम्वीको बाहुल्य भएको मुलुक भए पनि त्यहाँ हिन्दू मन्दिर रहेको कुरा सवैलाई थाहा नहुन सक्छ ।

पाकिस्तानको सियालकोटमा रहेको एक हजार वर्ष पुरानो हिन्दू मन्दिर पूजाआजाका लागि ८२ वर्षपछि पहिलो पटक खोलिएको छ ।

अधिकारीहरूले बताए अनुसार स्थानीय व्यक्तिहरूले माग गरेपछि यसलार्ई खोलिएको हो । दिवंगत लेखक राशिद नियाजद्वारा लेखिएको ‘हिस्ट्री अफ सियालकोट’का अनुसार यो मन्दिर १००० वर्ष पुरानो छ, लाहोरबाट १०० किलोमिटर टाढा धारोवाल क्षेत्रमा पर्ने यो मन्दिरको नाम शवाला तेजा सिंह मन्दिर हो ।

पाकिस्तानमा अल्पसंख्यकहरूको पवित्र स्थलहरूको रेखदेख गर्ने इवेक्यु ट्रस्ट प्रोपर्टी बोर्डले हिन्दू समुदायको मागअनुसार ८२ वर्षपछि पहिलोपटक मन्दिर खोलेको हो ।

बोर्डका एक अधिकारीले बताए अनुसार पहिले सो क्षेत्रमा हिन्दू धर्मावलम्बीहरू नबसेका कारण यो मन्दिर बन्द थियो । सन् १९९२ मा भारतमा बाबरी मस्जिद विध्वंसपछि यो मन्दिरमा हमला भएको थियो र मन्दिरमा आंशिक क्षति पुगेको थियो ।

पाकिस्तानमा हिन्दू समुदाय सबैभन्दा ठूलो अल्पसंख्यक समुदाय हो । तथ्यांकअनुसार पाकिस्तानमा करिब ७५ लाख हिन्दू छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ४७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल