हलिउड फिल्म ‘अवतार’ रिजेक्ट गरेको भनेपछि गोविन्दा बने ट्रोल ! | Khabarhub Khabarhub

हलिउड फिल्म ‘अवतार’ रिजेक्ट गरेको भनेपछि गोविन्दा बने ट्रोल !


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता गोविन्दाले हलिउडको ब्लकबस्टर फिलम ‘अवतार’ रिजेक्ट गरेको बताएपछि सामाजिक सञ्जालमा ट्रोलको शिकार भएका छन् । उनीसँग दुःखी भएका फ्यानहरुले गोविन्दालाई कैयन् मिममा  प्रयोग गरेका छन् ।

हालै गोविन्दाले एक साक्षात्कारमा जेम्स क्यामरुनको पूरै विश्वको ध्यान तान्न सफल फिल्म ‘अवतार’ ४ सय १० दिनमा छायांकन गर्नुपर्ने भएको र त्यो समय आफूसँग नभएकाले फिल्म छोडेको बताएका थिए । उनको यो अभिव्यक्तिपछि गोविन्दा सामाजिक सञ्जालमा निशानामा परेका छन् ।

साक्षात्कारमा गोविन्दाले यो फिल्मका लागि आफू तयार नभएको खुलासा गरेका थिए । उनले दुई कारणले जेम्स क्यामरुनको फिल्म छोडेका थिए । गोविन्दाले भनेका थिए, जेम्सले यो भविष्यवाणी गरेका थिए कि यो फिल्म ८/९ वर्ष लाग्नेछ । र, यो रिलिज भएपछि सफल हुनेछ ।

५५ वर्षीय अभिनेताले भने, यो फिल्ममा जुन शीर्षक दिइएको छ । त्यो मैले नै दिएको हो । मैले यो पनि भनेको थिएँ कि, यो फिल्म बन्न कमसेकम ७ वर्ष लाग्नेछ ।

जेम्स क्यामरुनको फिल्म ‘अवतार’ संसारमै सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूचीमा पहिलो नम्बरमा थियो । हालै रिलिज भएको ‘एभेन्जरर्सः इन्डगेम’ ले ‘अवतार’ को कमाइलाई उछिनेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : ३० बजे

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि