मुम्बई – बलिउड अभिनेता गोविन्दाले हलिउडको ब्लकबस्टर फिलम ‘अवतार’ रिजेक्ट गरेको बताएपछि सामाजिक सञ्जालमा ट्रोलको शिकार भएका छन् । उनीसँग दुःखी भएका फ्यानहरुले गोविन्दालाई कैयन् मिममा प्रयोग गरेका छन् ।
हालै गोविन्दाले एक साक्षात्कारमा जेम्स क्यामरुनको पूरै विश्वको ध्यान तान्न सफल फिल्म ‘अवतार’ ४ सय १० दिनमा छायांकन गर्नुपर्ने भएको र त्यो समय आफूसँग नभएकाले फिल्म छोडेको बताएका थिए । उनको यो अभिव्यक्तिपछि गोविन्दा सामाजिक सञ्जालमा निशानामा परेका छन् ।
साक्षात्कारमा गोविन्दाले यो फिल्मका लागि आफू तयार नभएको खुलासा गरेका थिए । उनले दुई कारणले जेम्स क्यामरुनको फिल्म छोडेका थिए । गोविन्दाले भनेका थिए, जेम्सले यो भविष्यवाणी गरेका थिए कि यो फिल्म ८/९ वर्ष लाग्नेछ । र, यो रिलिज भएपछि सफल हुनेछ ।
५५ वर्षीय अभिनेताले भने, यो फिल्ममा जुन शीर्षक दिइएको छ । त्यो मैले नै दिएको हो । मैले यो पनि भनेको थिएँ कि, यो फिल्म बन्न कमसेकम ७ वर्ष लाग्नेछ ।
जेम्स क्यामरुनको फिल्म ‘अवतार’ संसारमै सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूचीमा पहिलो नम्बरमा थियो । हालै रिलिज भएको ‘एभेन्जरर्सः इन्डगेम’ ले ‘अवतार’ को कमाइलाई उछिनेको छ ।
प्रतिक्रिया