स्व. अधिकारीको उत्तराधिकारीको रुपमा आएको छुः नव नियुक्त मन्त्री भट्टराई | Khabarhub Khabarhub

स्व. अधिकारीको उत्तराधिकारीको रुपमा आएको छुः नव नियुक्त मन्त्री भट्टराई


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आफू स्व. रविन्द्र अधिकारीले उत्तराधिकारीको रुपमा आएको बताएका छन् ।

नवनियुक्त मन्त्री भट्टराईले बुधबार अपरान्ह सिंहदरबारमा आफ्नो पदभार ग्रहण गरेलगत्तै संचारकर्मीमाझ आफू अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका हुन् । उनले आफ्ना घनिष्ट मित्र अधिकारीको हेलिकप्टर दुर्घटनाबाट निधन भएपछि उनको उत्तराधिकारीको रुपमा आउन पाउँदा गर्वको अनुभूति भएको पनि स्पष्ट पारे ।

‘उहाँले नै यो मन्त्रालयलाई राम्रोसँग सम्हाल्नु हुन्थ्यो, सम्हाली रहनु भएको थियो पनि, यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो’, मन्त्री भट्टराईले भावविह्वल हुँदै भने, ‘प्रकृतिसँग, घटनाहरुसँग हामीले जित्न सकेनौं, उहाँलाई हामीले अल्पआयूमै गुमाउनु पर्‍यो, आज म त्यसै भएर उहाँको उत्तराधिकारीको रुपमा आएको छु, त्यसमा मलाई गर्व छ ।’

त्यस अवसरमा मन्त्री भट्टराईले अधिकारीले उठाउनु भएको कदमलाई मन्त्रालयका पदाधिकारीसँग आवश्यक राय, सुझाव लिई अझै माथि उठाउने विश्वास रहेको बताए । मन्त्रालयको कामलाई अगाडि बढाउने शिलशिलामा पूर्व पर्यटनमन्त्रीहरुको आवश्यक सल्लाह लिएर अघि बढने मन्त्री भट्टराईको प्रतिवद्धता छ ।

मन्त्री भट्टराईले आफू मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगीसम्मको सुझाव लिएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । आफू निर्देशन दिन नभई मन्त्रालयको टिमसँग सिकेर काम गर्न लागिपर्ने पनि उनको भनाइ छ ।

मन्त्री भट्टराईले पदभार ग्रहण गरिरहँदा आफू निर्वाचित क्षेत्र ताप्लेजुङका मतदाताको पनि स्मरण गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहनु भएका उनले आफूलाई मन्त्रीको रुपमा नियुक्त गर्नु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार पनि व्यक्त गरे ।

पदभार ग्रहण गर्नु अघि नवनियुक्त मन्त्री भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, सोही मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटासहितले पुष्पगुच्छासहित स्वागत गरेका थिए । यस अघि उनले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ०० बजे

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल