स्व. अधिकारीको उत्तराधिकारीको रुपमा आएको छुः नव नियुक्त मन्त्री भट्टराई « Khabarhub

स्व. अधिकारीको उत्तराधिकारीको रुपमा आएको छुः नव नियुक्त मन्त्री भट्टराई


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आफू स्व. रविन्द्र अधिकारीले उत्तराधिकारीको रुपमा आएको बताएका छन् ।

नवनियुक्त मन्त्री भट्टराईले बुधबार अपरान्ह सिंहदरबारमा आफ्नो पदभार ग्रहण गरेलगत्तै संचारकर्मीमाझ आफू अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका हुन् । उनले आफ्ना घनिष्ट मित्र अधिकारीको हेलिकप्टर दुर्घटनाबाट निधन भएपछि उनको उत्तराधिकारीको रुपमा आउन पाउँदा गर्वको अनुभूति भएको पनि स्पष्ट पारे ।

‘उहाँले नै यो मन्त्रालयलाई राम्रोसँग सम्हाल्नु हुन्थ्यो, सम्हाली रहनु भएको थियो पनि, यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो’, मन्त्री भट्टराईले भावविह्वल हुँदै भने, ‘प्रकृतिसँग, घटनाहरुसँग हामीले जित्न सकेनौं, उहाँलाई हामीले अल्पआयूमै गुमाउनु पर्‍यो, आज म त्यसै भएर उहाँको उत्तराधिकारीको रुपमा आएको छु, त्यसमा मलाई गर्व छ ।’

त्यस अवसरमा मन्त्री भट्टराईले अधिकारीले उठाउनु भएको कदमलाई मन्त्रालयका पदाधिकारीसँग आवश्यक राय, सुझाव लिई अझै माथि उठाउने विश्वास रहेको बताए । मन्त्रालयको कामलाई अगाडि बढाउने शिलशिलामा पूर्व पर्यटनमन्त्रीहरुको आवश्यक सल्लाह लिएर अघि बढने मन्त्री भट्टराईको प्रतिवद्धता छ ।

मन्त्री भट्टराईले आफू मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगीसम्मको सुझाव लिएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । आफू निर्देशन दिन नभई मन्त्रालयको टिमसँग सिकेर काम गर्न लागिपर्ने पनि उनको भनाइ छ ।

मन्त्री भट्टराईले पदभार ग्रहण गरिरहँदा आफू निर्वाचित क्षेत्र ताप्लेजुङका मतदाताको पनि स्मरण गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहनु भएका उनले आफूलाई मन्त्रीको रुपमा नियुक्त गर्नु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार पनि व्यक्त गरे ।

पदभार ग्रहण गर्नु अघि नवनियुक्त मन्त्री भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, सोही मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटासहितले पुष्पगुच्छासहित स्वागत गरेका थिए । यस अघि उनले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ०० बजे

रास्वपा छाडेका बागमतीका उपसभापति हुमागाईं कांग्रेसमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म

पोखरा विमानस्थलमा भ्रष्टाचार विवाद : पूर्वसचिव सुशील घिमिरेसँग मागियो डेढ लाख रुपैयाँ धरौटी

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागत अस्वाभाविक रूपमा बढाएर नेपाल

कम्बोडियासँग सीमा पार गोली हानाहान : थाइ सेना

एजेन्सी– छिमेकीराष्ट्र कम्बोडियाले डिसेम्बरको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै मंगलबार कम्बोडियन

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भन्दा बढी नेताहरूले दिए राजीनामा

दाङ– दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि बढिरहँदा नेता-कार्यकर्ताले