बेपत्ता ‘क्याफे कफी डे’का संचालक सिद्धार्थ मृत फेला « Khabarhub

बेपत्ता ‘क्याफे कफी डे’का संचालक सिद्धार्थ मृत फेला


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– दक्षिण भारतको मंगलोर शहर नजिकैको खोलामा कफी व्यावसायी भीजी सिद्धार्थको शव फेला परेको छ ।

क्याफे कफी डे नामक कफी कम्पनीका सञ्चालक सोमबारबाट बेपत्ता भएका थिए । तर, उनको शव स्थानीय माझीहरुले मंगलोर शहरनजिकैको खोलामा फेला पारेका हुन् ।

बुधबार उनको अन्त्येष्टी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी बेपत्ता हुनुअघि उनले आफू ठूलो ऋणमा डुबेको भन्दै कम्पनीको शेयरधनीहरुलाई सम्बोधन गरिएको पत्र लेखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आत्महत्या गरेको हुनसक्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । परिवारले उनको शव पहिचान गरेको बताइएको छ । उनी बेपत्ता हुनेबित्तिकै उनको अनुपस्थितीबारे उनको कम्पनीले आपतकालिन बैठक डाकेको थियो ।

उनको मृत्यु भएलगत्तै भारतीय बजारमा उक्त कम्पनीको शेयर कारोबार ओरालो लागेको छ । उनले स्थापना गरेको उक्त कम्पनी भारतमा सबैभन्दा ठूलो कफी कम्पनीको रुपमा रहेको छ । यसका पसलहरु भारत र नेपालसहित मलेशिया र इजिप्टसम्म फैलिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : ३० बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी