टानको निर्वाचनमा प्रजातान्त्रिक समूहबाट खुमबहादुर सुवेदी अध्यक्षमा उठ्ने « Khabarhub

टानको निर्वाचनमा प्रजातान्त्रिक समूहबाट खुमबहादुर सुवेदी अध्यक्षमा उठ्ने


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीको संस्था (निट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ ।

निट नेपालको शनिबार बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको हो ।

सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदिप घिमिरे र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठलाई उठाउने निर्णय गरिएको निट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिए ।

यस्तै बामपन्थी पर्यटन व्यवसायीको तर्फबाट अन्जन थापा ‘कुमार’लाई अध्यक्ष बनाउने भएको छ । थापा समूहबाट लड्ने पदाधिकारी तथा सदस्यको नामावली टुङ्ग्याउन बाँकी रहेको छ ।

टानको वार्षिक साधारणसभा तथा निर्वाचन यही भदौ २० गते हुने भएको छ । पर्यटन क्षेत्रको सबैभन्दा धेरै सदस्य रहेको टानमा दुई हजारभन्दा बढी साधारण सदस्यले निर्वाचनमा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ३ : २२ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा