पुष्पसदनले गरायो पूर्व शिक्षक तथा विद्यार्थीहरुको पुनर्मिलन « Khabarhub

पुष्पसदनले गरायो पूर्व शिक्षक तथा विद्यार्थीहरुको पुनर्मिलन


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– पुष्पसदन आवासीय माध्यमिक विद्यालय, कीर्तिपुरले पूर्व शिक्षक एवं पूर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम गरेको छ ।

शनिबार विद्यालयको आफ्नै प्रांगणमा आयोजित पुनर्मिलन कार्यक्रममा २०४८ देखि २०७२ सालसम्म अध्ययन गरेका विद्यार्थी तथा अध्यापनमा सलंग्न भई विद्यालय छाडेका शिक्षकहरुको उपस्थिति थियो ।

विद्यालयमा लामो समय नेपाली विषय अध्यापन गरेका त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक एवं गीतकार डा. कृष्णहरि बराल, त्रिविकै पूर्व प्राध्यापक विष्णु लुइटेल, नेपाल सरकारका उपसचिव जीवन कडायत, विद्यालयका पूर्व शिक्षक (हाल) पत्रकार कमल रानालगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष महेश श्रेष्ठ तथा संस्थापक निर्देशक यशोदा थापा श्रेष्ठले पूर्व शिक्षकहरुलाई खादा लगाएर सम्मान गरेका थिए ।

यस्तै, उक्त विद्यालयबाट अध्ययन पूरा गरेका चर्चित गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बास्कोटा, पछिल्लो पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले सांगीतिक प्रस्तुती दिएका थिए । यस्तै, कार्यक्रममा भ्वाइस अफ नेपालको पहिलो संस्करणका प्रतिस्पर्धी विवेक लामाले पनि प्रस्तुती दिए ।

आफूले अध्ययन गरेको विद्यालयले ढिलै भएपनि पूर्व शिक्षक तथा विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम राखेकोप्रति हाल सोही विद्यालयमा संगीत शिक्षक रहेका गायक विश्व नेपालीले खुशी व्यक्त गरे ।

उनले यो कार्यक्रमले विद्यार्थी जीवनकाललाई पुनरावृत्ति गरेको र महत्वपूर्ण क्षणको रुपमा रहेको प्रतिक्रिया दिए ।

यस किसिमको कार्यक्रम समय–समयमा हुनु पर्ने भन्दै उनले एउटा कालखण्डमा सँगै पढेका साथीसंगी तथा आफूलाई पढाउने शिक्षकहरुलाई लामो समयपछि भेट्दा अत्यन्तै खुशी लागेको बताए ।

यस्तै, उक्त विद्यालयका पूर्व विद्यार्थी गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बास्कोटाले आफूलाई जन्म दिने आमा पहिलो भएपनि सो विद्यालय आफ्नो लागि दोस्रो आमा समान रहेको बताए । पुष्पसदन आफ्नी दोस्रो आमा रहेको भन्दै विद्यालयप्रति कृतज्ञता व्यक्त गरे ।

साथै, विद्यार्थीहरुले कार्यक्रममा विभिन्न जातजाति, भाषा, संस्कृतिका गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

२०४० सालमा स्थापना भएको उक्त विद्यालयबाट अध्ययन पूरा गरेका दर्जनौँ विद्यार्थीहरु हाल मुलुकका निजी तथा सरकारी विभिन्न क्षेत्रको उच्च तहमा कार्यरत छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ८ : ५९ बजे

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा– पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४

साढे २ खर्ब नाघ्यो सरकारको राजस्व बक्यौता

काठमाडौं– सरकारको राजस्व बक्यौता साढे २ खर्ब नाघेको छ ।