बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै « Khabarhub

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा स्वीकार गर्दै बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरबको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । सोमबार प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुन कबिरले यसबारे जानकारी गराएका हुन् ।

बैठकको बारेमा विस्तृत जानकारी दिँदै कबिरले भने, “बङ्गलादेशका लागि साउदी अरबका महामहिम राजदूत डा. अब्दुल्लाह जाफर एच. बिन अबियाहले आज बिहान प्रधानमन्त्री तारिक रहमानलाई भेटी राजकुमार बिन सलमानले प्रधानमन्त्री तारिक रहमानलाई साउदी अरबको औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ।”

सल्लाहकार कबिरले यो कूटनीतिक भेटलाई दुवैतर्फी उच्चस्तरीय भ्रमणको रूपमा व्याख्या गर्नुभयो । विदेश मामिला सल्लाहकारले अगाडि भने, “राजदूतले राजकुमार बिन सलमान बङ्गलादेश भ्रमण गर्न इच्छुक हुनुहुन्छ । उहाँले उपयुक्त समयमा बङ्गलादेश आउन चाहनुहुन्छ ।” दुई देशबीचको पुरानो सम्बन्धलाई जोड दिँदै कबिरले भने, “यो आदानप्रदानबाट हामी साउदी अरबसँग रणनीतिक सहयोग र साझेदारी गर्न अत्यन्त सकारात्मक छौँ । ऐतिहासिक रूपमा हाम्रो द्विपक्षीय सम्बन्ध सधैँ राम्रो रहिआएको छ। हामी यसलाई थप मजबुत बनाउनेछौँ र इन्शाअल्लाह नयाँ उचाइमा पुर्‍याउनेछौँ ।”

उनले आगामी उच्चस्तरीय भ्रमणले ठूलो आर्थिक अवसर खोल्ने पनि बताए । “भ्रमण कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने, व्यापार तथा लगानीको मात्रालाई बढाउने, साउदी अरबको निजी क्षेत्र र सरकार दुवैबाट बङ्गलादेशमा लगानी गर्ने सम्बन्धमा छलफल हुनेछ”, कबिरले भने, “साउदी अरबको निजी क्षेत्र र सरकार दुवैबाट लगानीका लागि व्यापक चासो दिएकोे देखिएको छ ।”

“यो हाम्रो द्विपक्षीय सम्बन्धको लागि महत्वपूर्ण क्षण हो। प्रधानमन्त्रीलाई साउदी अरब भ्रमणको निमन्त्रणा मात्र होइन, साउदी राजकुमार विन सलमानले पनि बङ्गलादेश भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । यो दुवैतर्फी हो,” सल्लाहकार कबिरलेले थपे ।

नयाँ सरकार गठन भएपछि गरिएका कूटनीतिक प्रयासबारे बोल्दै कबिरले भने, “पछिल्ला चार महिनामा हाम्रो सरकारले मध्यपूर्वमा भाइचारा सम्बन्ध स्थापित गरेको छ। प्रधानमन्त्रीले विशेष दूतमार्फत मध्यपूर्वका देशहरूको भ्रमण गर्नुभयो, जसले ठूलो सद्भावना सिर्जना गरेको छ।”

“यसको परिणामस्वरूप हामी साउदी अरबसँग रणनीतिक सञ्चार र साझेदारीलाई थप मजबुत र विस्तार गर्न लागेका छौं,” उनले भने ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ६ : ४८ बजे

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड

सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन

कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर- कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज

काठमाडौं- फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज राति बहुप्रतीक्षित र