अमेरिका जान चाहनेको सामाजिक सञ्जाल अध्ययनका लागि ‘फेक आइडी’ बनाइँदै ! « Khabarhub

अमेरिका जान चाहनेको सामाजिक सञ्जाल अध्ययनका लागि ‘फेक आइडी’ बनाइँदै !


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका जान चाहने, ग्रिन कार्ड लिन चाहने तथा नागरिकताका लागि आवेदन दिने आप्रवासीको सामाजिक सञ्जाल अनुगमनका लागि अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले नक्कली खाता अर्थात् फेक आइडी बनाउने भएको छ ।

यसअघि गोपनियताका कारण होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले यस्तो गर्न बन्देज गरेपनि गत जुनयता भने अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले आफ्नो नीतिमा परिवर्तन गरेको अमेरिकाको फक्स न्यूजले उल्लेख गरेको छ ।

नागरिकता तथा अध्यागमन सेवाले विज्ञप्ति जारी गर्दै यस्ता फेक आईडीले प्रयोगकर्ताको खुला रुपमा सामाजिक सञ्जालमा उपलब्ध समग्रीको मात्र अनुगमन गर्नेछ । त्यसबाहेक यस्ता आईडीले प्रयोगकर्ताको गोपनियताको सम्मान गर्ने र उनीहरुलाई फलो वा साथी नबनाउने नागरिकता तथा अध्यागमन विभागले स्पष्ट पारेको छ ।

यस निकायले प्रयोगकर्ताका सामाजिक सञ्जालमा उपलब्ध सामग्रीको सूक्ष्मतापूर्वक अध्ययन नगर्ने समेत जनाएको छ ।

आप्रवासीका कारण उत्पन्न सम्भावित सुरक्षा चुनौति तथा आप्रवासीको पृष्ठभूमि अध्ययनका लागि यस्तो नीति ल्याइएको नागरिकता तथा अध्यागमन सेवाको भनाइ छ ।

गत जुन महिनादेखि अमेरिकाको विदेश मन्त्रालयले आवेदकको सामाजिक सञ्जालको सूचना समेत माग गर्न थालेको थियो ।

यद्यपि नागरिकता तथा अध्यागमन निकायको पछिल्लो नीतिले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल कम्पनीको नीति भने उल्लङ्घन हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस्ता सामाजिक सञ्जालको नीति नियम अनुसार फेक आइडी बनाउन पाइँदैन ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ०१ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले