अण्डा खाँदा मोटाइँदैन बरु वजन घट्छ ! « Khabarhub

अण्डा खाँदा मोटाइँदैन बरु वजन घट्छ !


१४ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मानव स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार जरुरी हुन्छ । त्यसका लागि मानिसले सबै खानेकुरा मिलाएर खानुपर्छ ।

अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अण्डामा क्याल्सियम, आइरन, प्रोटिन, भिटामिन ए, फस्फोरस, भिटामिन डी, ई तथा जिङ्क लगायतका तत्वहरु हुने गर्दछ ।

यसले बालबालिका तथा गर्भवती महिलालाई निकै लाभ पुर्याउने गर्दछ । चिकित्सकका अनुसार अण्डामा दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ । अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको उपमा दिएका छन् । अण्डा खानुका फाइदाहरु यस्ता छन्–

१. वजन घटाउन सहयोगी
कतिपय मानिसमा अण्डा खाए मोटाइन्छ भन्ने गलत मान्यता छ । तर अण्डाले मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोगी भूमिका निभाउने गर्दछ ।

२. रतन्धोबाट रोक्न
अण्डामा हुने ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्टले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई न्यून पार्दछ ।

३. मुटुरोगमा उत्तम
अण्डाको सेवन उक्त रक्तचाप भएका ब्यक्तिलाई समेत लाभदायी हुन्छ । अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनुका साथै मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम समेत कम गर्छ ।

४. चेतना बढाउन
अण्डामा हुने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्ने गर्दछ । यि तत्वले मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्दछ ।

५. प्रोटिनको श्रोत
अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । यसले मानव शरीरको मुख्य संरचना, तन्तु तथा अणु बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ९ : ४० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल