कप्तान मल्लले भने –आगामी दिनमा नेपाली क्रिकेटलाई माथि पुर्‍याउने छु « Khabarhub

कप्तान मल्लले भने –आगामी दिनमा नेपाली क्रिकेटलाई माथि पुर्‍याउने छु


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई सुम्पिएको छ ।

कप्तान घोषित भएपछि मल्लले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कप्तानीको जिम्मेवारी पाउनु सम्मानको कुरा भएको बताएका छन् ।

‘नेपाली क्रिकेट टोलीको कप्तानी पाउनु सम्मान हो । पारसको कुशल नेतृत्वमा नेपाली क्रिकेटले एक उचाई लिएको छ, उनको साथमा नेपाली क्रिकेटले एउटा सपना पूरा गरेको छ,’ कप्तान मल्ल लेख्छन्,‘अब यो जिम्मेवारी ममा आएको छ । मेरो कार्यकालमा अहिलेको सफलतालाई कायम राख्दै आगामी दिनमा टिमलाई अझै माथि पुर्‍याउने छु ।’

कप्तान मल्लले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । अब मल्लको कप्तानीमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिज खेल्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १२ : ५९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण