प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगे प्रचण्ड « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगे प्रचण्ड


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ग्राण्डी अस्पताल पुगेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड केही समय अगाडि मात्रै पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल आइपुगेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भएका थिए । ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबारै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिएको जनाइएको छ ।

बिहीबार पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस हुँदै छ ।

केही समय अगाडि मात्रै नेकपाका प्रवक्ता प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस जारी रहेका कारण श्रेष्ठ र रावलले भने उनलाई भेट्न पाएनन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा प्रवक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए ।

प्रवक्ता श्रेष्ठले चिकित्सकहरुले प्रधानमन्त्रीको अवस्था एकदमै ठीक रहेको भनेर आफूलाई जानकारी दिएको बताएका छन् ।

यस्तै, नेता भीम रावलले पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न नपाएको बताए ।

‘अहिले प्रधानमन्त्रीज्यूको मिर्गौलाको डाइलासिस हुँदै छ । चिकित्सकहरुले डाइलासिसको आधा प्रक्रिया पूरा भएको जानकारी दिएका छन्,’ रावलले भने, ‘हामीले प्रधानमन्त्रीज्यूलाई भेट्न पाएनौं । चिकित्सकसँगै उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्यौं ।’

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  २ : ०८ बजे

दैलेखमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

काठमाडौं- दैलेखमा सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा

‘समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्ड स्वास्थ्य स्वयंसेविका हुन्’

सिद्धार्थनगर (भैरहवा)- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले

आइबिस पुनः जापानी आकाशमा

टोकियो- दशकौँअघि जापानबाट लोप भइसकेका क्रेस्टेड आइबिस (टोकी) पुनः जङ्गलमा

मधेसको वन संरक्षणलाई प्राथमिकता दिँदै योजना तर्जुमा गर्नुपर्नेमा जोड

महेन्द्रनगर– मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले वन