मानसिक स्वास्थ्यका कारण म्याक्सवेल विश्राममा « Khabarhub

मानसिक स्वास्थ्यका कारण म्याक्सवेल विश्राममा


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानसिक स्वास्थ्यमा समस्या देखा परेपछि अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले केही समयका लागि विश्राम लिएका छन् ।

विश्राम लिएका म्याक्सवेलको स्थानमा डि आर्क सर्ट अस्ट्रेलियाको टि–२० टोलीमा अटाएका छन् ।

म्याक्सवेलले आफ्नो समस्याबारे बुधबार अस्ट्रेलियन क्रिकेट अधिकारीलाई जानकारी दिएका थिए । उनी विश्राममा रहँदा अस्ट्रेलियाले श्रीलंका र पाकिस्तानसँग टि–२० अन्तर्राष्ट्रिय खेल्दैछ । उक्त दुई शृङ्खला म्याक्सवेलले गुमाउने भएका छन् ।

‘उनी राम्रो खेलाडी हुन् र अस्ट्रेलिया क्रिकेट परिवारको महत्वपूर्ण ‘पार्ट’ पनि । हामी उनलाई यही ‘समर’ मा टोलीमा फर्किएको हेर्न चाहन्छौं,’ अस्ट्रेलियन राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक वेन ओलिभरले भने ।

अस्ट्रेलियन टोलीका साइकोलोजिष्ट डा. माइकल लियोडले म्याक्सवेल छिट्टै टोलीमा फर्किने बताएका छन् ।

म्याक्सवेलले श्रीलंकाविरुद्धको पहिलो खेलमा २८ बलमा ६२ रन प्रहार गर्दै टिमलाई जीत दिलाएका थिए भने बुधबार अस्ट्रेलियाले जित्दा भने उनी टोलीमा थिएनन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  २ : २४ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,