इंग्ल्याण्डको एमसीसीविरुद्ध खेल्ने नेपाली टोली घोषणा (सूची सहित) « Khabarhub

इंग्ल्याण्डको एमसीसीविरुद्ध खेल्ने नेपाली टोली घोषणा (सूची सहित)


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्याण्डको एमसीसीविरुद्ध तीन वटा फर्म्याटमा क्रिकेट सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले टी–२० , एकदिवसीय र फस्टक्लास गरी तीन वटा फर्म्याटमा सिरिज खेल्ने नेपाली टोली घोषणा गरेको हो ।

कार्तिक २० गतेदेखि प्रतियोगिता शुरु हुनेछ । नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्का एकदिवसीय खेल मात्रै खेल्ने भएका छन् ।

टी–२० मा कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी बाहेक अधिकांश युवा खेलाडी टोलीमा परेका छन् । त्यस्तै, एकदिवसीय टोलीमा वसन्त रेग्मी शरद भेषावकर र पारस खड्कासहितका अनुभवी खेलाडी टोलीमा छन् ।

तीन वटै फरम्याटका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टिम घोषणा गरिएको हो । २३ जना खेलाडीले तीन वटा फरम्याटको प्रतियोगिता खेल्दै छन् । तीन वटै फरम्याटमा खेल्ने खेलाडीको संख्या भने ८ रहेको छ ।

तीनै फरम्याटमा खेल्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, सन्दिप लामिछाने, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी छन् ।

खेल तालिका 

नोभेम्बर ३- नेपाल-यू १९ भीएस एमसीसी (५० ‌ओभर)

नोभेम्बर ४- नेपाल-  भीएस एमसीसी (५० ‌ओभर)

नोभेम्बर ६-८ – नेपाल-यू  भीएस एमसीसी ( ३ दिवसीय म्याच- फर्ट क्लास)

नोभेम्बर ९- मिक्स नेपाल/ यू-१९ टोली  भीएस एमसीसी (टी-२०)

खेलाडीहरुको सूची यस्तो छ

 

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ६ : ५० बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु