हत्याको आरोपमा आठ जना पक्राउ « Khabarhub

हत्याको आरोपमा आठ जना पक्राउ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजापुर- प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का एक युवकको हत्याको आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–७ का २७ वर्षीय सन्तोष रोकाय, ३६ वर्षीय देवी रोकाय, २० वर्षीय अर्जुन बुढा, २५ वर्षीय कमल बुढा, २४ वर्षीय शरण रोकाय, ३२ वर्षीय उमेश बुढा, २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय ज्ञानु विक छन् ।

मङ्गलबार उनीहरुको कुटपिटबाट सख्त घाइते भएका सतिराम थारुको बुधबार भारतको लखनउमा मृत्यु भएपछि आठै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

भाइटीकाको दिन सतिराम र उनका दाजु आशाराम बहिनीको घरबाट टीका लगाएर फर्कदै गर्दा आठ जनाको समूहले कुटपिट गरेका थिए ।

सख्त घाइते सतिरामलाई दाजु आशारामले उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई भारतको लखनउ लगिएको थियो । मृतकको शव आफन्तलाई बुझाइएको बाँस्तोलाले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ६ : ०५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका