पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ « Khabarhub

पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पर्यटकीयस्थल पोखरामा अंग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ ।

पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको अवसरमा आयोजित समारोहलाई अवलोकन गर्नका लागि पर्यटकको आगमन भएको हो ।

सोही अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशनद्वारा आयोजित २१औँ सडक महोत्सवस्थलमा चहलपहल बढेको छ । सन् २०१९ को बिदाइका साथै सन् २०२० को स्वागत नाचगान र एकअर्कालाई नयाँ वर्षको शुभकामनाको आदान–प्रदान गरी मनाइएको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ मूल नारासाथ २१ वर्षदेखि मनाइँदै आएको सडक महोत्सवको अवसरमा पर्यटकका लागि विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रम हेर्नका लागि चार ठाउँमा मञ्च निर्माण गरिएको थियो ।

नयाँ वर्ष आगमनको सुखद् अवसरमा विभिन्न कलाकारद्वारा लोकदोहरी र ब्याण्डको प्रस्तुति रहने प्रचारप्रसार उपसमितिका संयोजक विश्वराज पौंडेलले जानकारी दिए । लेकसाइडमार्गमा पर्ने सडकहरुमा बेलुकीको समयमा घुइँचो अत्यधिक रहने गरेको पोखरामा व्यापार गर्दै आएका ललनकुमार झाले बताए ।

लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रलाई सिङ्गारिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सवको अवधिभर १०० भन्दा बढी रेष्टुरेन्टबाट सेवा लिने व्यवस्था रहेको छ । महोत्सवको मुख्य आकर्षणमा पारम्परिक वेषभूषामा सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रियस्तरका खानाका परिकार र विभिन्न प्रकारका वृत्तचित्र प्रदर्शनी रहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : ५८ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा