आजदेखि शुरु भयो पर्यटन वर्ष २०२० | Khabarhub Khabarhub

आजदेखि शुरु भयो पर्यटन वर्ष २०२०


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ ।

करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी तथा विदेशी निकाय सँगको छलफल र सहकार्यपछि भ्रमण वर्ष उद्घाटनको तयारी पूरा भएको हो ।

पर्यटकलाई विशेष अनुभव गराउन ‘लाइफटाइम एक्सपेरियन्स’को मुख्य नारासहित भ्रमण वर्ष केन्द्रित विशेष लोगोमार्फत यस बीचमा नियमित प्रवद्र्धनका कार्यक्रम आयोजना भइसकेका छन् ।

सरकारले काठमाडौँसहित सातै प्रदेशमा एकैपटक औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरेको छ । दशरथ रङ्गशालामा बेलुका ४ बजेदेखि शुरु हुने उद्घाटन कार्यक्रम राति पौने ८ बजेसम्म जारी रहनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन कार्यक्रममा भ्रमण वर्षको सुरुवात भएको घोषणा गरेसँगै यसको सुरुवात त्यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, चर्चित कलाकार र दर्शकको उपस्थिति रहनेछ ।

उद्घाटन कार्यक्रममा काठमाडौँ आसपासका नगरपालिका र पर्यटन व्यवसायी सम्बद्ध सङ्घसंस्था आफ्नो ब्यानरसहित उपस्थित हुनेछन् । विभिन्न ३५ देशका अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकार पनि उद्घाटन कार्यक्रममा सहभागी हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपालको कूटनीतिक उपस्थिति भएका विभिन्न देशमा भने जनवरी ७ मा औपचारिक उद्घाटन कार्यक्रमको तयारी छ ।

उद्घाटन कार्यक्रममा नेपालको ऐतिहासिक र सांस्कृतिक विविधता झल्कने किसिमका प्रस्तुति रहनेछन् । भ्रमण वर्षको भाइबर स्टिकर सार्वजनिक पनि सोही कार्यक्रममा हुनेछ ।

भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि विभिन्न देशबाट पर्यटन मन्त्री नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मङ्गलबार छिमेकी देश भारतबाट पर्यटन मन्त्री प्रह्लादसिंह पटेल र चीनबाट सहायक पर्यटन मन्त्री वाङ सियाओफेङ नेपाल आइसकेका छन् ।

त्यस्तै मङ्गलबार नै म्यान्मारका पर्यटन मन्त्री यू ओन माउग र जमैकाका पर्यटन मन्त्री एडमन्ड बार्लेट नेपाल आइपुगेको मन्त्रालयले जनाएको छ ।

नेपाल आएका पर्यटन मन्त्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : १३ बजे

प्रसाईंलाई समातेपछि प्रशासन घेर्न पुगे समर्थक (तस्बिरहरू)

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा

कर्णालीका युनिश सिंहले एकै ओभर लिए चितवनका दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलर

हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी

काठमाडौं– सरकारले जाडो मौसमका लागि हिमाली र उच्च पहाडी क्षेत्रमा

गुलाबको फूल बोकेर चुनावमा जाँदै विप्लव, नाम पनि ‘जनयुद्ध’कालीन नेकपा (माओवादी) राखियो

काठमाडौं- संसदीय राजनीतिविरूद्धमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ अन्तत: आगामी फागुन

भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा संकटमा

एजेन्सी– भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीपीडित गाउँहरूमा रहेका बालिकाहरू शिक्षा