भलिबल प्रतियोगितामा जितेको रकम गौतमबुद्ध रंगशालालाई हस्तान्तरण « Khabarhub

भलिबल प्रतियोगितामा जितेको रकम गौतमबुद्ध रंगशालालाई हस्तान्तरण


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।

कान्तिपुर सिटी कलेज (केसीसी) काठमाडौंका विद्यार्थीहरुले अन्तर कलेज कृष्ण प्रशाद भटराई भलिबल प्रतियोगितामा जीतेको पुरस्कारको रकम रंगशाला निर्माणका लागि सहयोग गरेका हुन् ।

इन्जिनियरिङ संकायमा २०१६ मा भर्ना भएका अहिले अन्तिम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुले भलिबल प्रतियोगितामा जीतेको पुरस्कार राशी जनस्तरबाट निर्माण भइरहेको रंगशालालाई हस्तान्तरण गरेका हुन् ।

एक्मी कलेजको आयोजनामा भएको प्रतियोगितामा प्रथम भएको केसीसीको टोलीले पुरस्कारवाफत पाएको २५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई बुझाएका हुन् ।

केसीसीका विद्यार्थीहरु चितवन पुगेरै सहयोगको रकम बुझाएका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले गरिरहेको काममा साथ दिन चितवन पुगेको विद्यार्थीहरुले बताएका छन् ।

‘पुरस्कार प्रदान गर्न पाउँदा खुसी छौं,’विद्यार्थी ईश्वर थापाले भने ।

रंगशाला पुगेका विद्यार्थीलाई फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले उनीहरु खेलाडीमात्रै नभएर इन्जिनियर समेत रहेकाले देश बनाउने जिम्मा रहेको बताउँदै आभार व्यक्त गरेका छन् ।

‘रंगशालामा पगेपछि उहाँहरुले फरक माहोल देख्नु भएको छ । तपाईहरु सबैलाई धन्यवाद,’ कट्टेलले भने ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : २३ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप