लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ « Khabarhub

लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१ हात्तिसारस्थित फोकस डान्सबारमा भारत उत्तर खण्ड घर भएका गणेश सिंह बगडवाल लगायत ७ जनाको साथमा भएको ९० हजार भारतीय रुपैयाँ लुटपाट गरेको अभियोगमा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही डान्सबारमा काम गर्ने ललितपुर भैंसेपाटी डेरा गरी बस्ने नुवाकोट त्रिशुली घर भएका २४ वर्षीय सनिगरु आचार्य, गोरखा घर भएका १९ वर्षीय सनिल मग्रराती, गोरखा घर भएका ३१ वर्षीय शिव थापा र मोरङ घर भएका १९ वर्षीय अभिषेक राई रहेका छन् । महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उक्त डान्सबारको काउन्टरबाट १ लाख ५८ हजार ८ सय ३० भारतीय रुपैयाँ र २६ हाजर ९ सय २० नेपाली रुपैयाँ समेत प्रहरीले अनुसन्धानका लागि बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ५० बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर