पसल थापेरै नक्कली लाइसेन्सको धन्दा, स्मार्ट कार्डको मूल्य १५ हजार ! « Khabarhub

पसल थापेरै नक्कली लाइसेन्सको धन्दा, स्मार्ट कार्डको मूल्य १५ हजार !


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्ने ४ जना पक्राउ परेका छन् ।

काठमाडौंको न्यूरोड (पिपलबोट)स्थित फोटो कन्सर्नमा खानतलासी गर्दा नक्कली स्मार्ट लाइसेन्स र अन्य परिचय पत्र बनाउने ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाबाट गएको टोलीले फोटोकन्सर्नबाट ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको चावहिल बस्ने अनन्ता गुरुङ, लाजिम्पाट बस्ने कुमार तण्डुकार, अनामनगर बस्ने अशोक कार्की र कोटेश्वर बस्ने मोहन यादव छन् ।

प्रहरीका अनुसार उनीहरुले नक्कली स्मार्ट लाइसेन्स छापेर बिक्री गर्ने गरेका थिए ।

प्रहरीले फोटो कन्सर्र्नसमा नक्कली लाइसेन्स बनाउन गएका २ जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कुलेश्वर बस्ने सुवास रोक्का र सर्लाहीका दीपक ब्लोन छन् ।

प्रहरीका अनुसार उनीहरुले एउटै नक्कली लाइसेन्स ५ देखि १५ हजारसम्ममा बिक्री गर्ने गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : ०५ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले