ए डिभिजन लिग फुटबलः थ्री स्टारलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो « Khabarhub

ए डिभिजन लिग फुटबलः थ्री स्टारलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे । अनन्त तामाङको कप्तानीमा मैदान उत्रिएको थ्री स्टारविरुद्ध आक्रामक खेल खेलेपनि पहिलो हाफमा आर्मीले गोल गर्न सकेन् ।

खेलको दोस्रो हाफमा आर्मीले दुई गोल गरेको थियो । खेलको ५४ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई २-० को जित दिलाए ।

यस्तै खेलको ९० औं मिनेटमा थ्री स्टारले पेनाल्टीमा एक गोल फर्काउने मौका गुमाएको थियो । थ्री स्टारका रुपेश केसीको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए ।

जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । र, लिगमा तेस्रो जित निकालेको आर्मी तेस्रो स्थानमा समेत उक्लिएको छ । थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ ।लिगमा पहिलो हार व्यहोरेको थ्री स्टार लिगको छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ६ : १० बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक