डडेल्धुराबाट मन्त्री बाँस्कोटाले गरे भ्रमण वर्षको शुभारम्भ « Khabarhub

डडेल्धुराबाट मन्त्री बाँस्कोटाले गरे भ्रमण वर्षको शुभारम्भ


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डडेल्धुराबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरेका छन् ।

अमरगढी नगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालन गरेको ‘घुम्न जाऔं अमरगढी’ अभियानको उनले शुभारम्भ गरेका हुन्र्नु ।

उक्त अभियानको सुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले सुदूरपश्चिम पर्यटकीय क्षेत्रमा निकै धनीभएकाले यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सके सुदूरको विकास गर्न कुनै समय नलाग्ने बताए ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भने, “सुदूरमा विकास भएन भनेर चिन्तित नबन्नोस्, पर्यटकीयस्थलको मात्रै प्रचारप्रसार गर्न सके विकास आफै हुनेछ ।”

मन्त्री बाँस्कोटाले डोटीको खप्तड, बडिकेदार, शैलेश्वरी, अछामको बैद्यनाथ, बाजुराको बडिमालिका, दार्चुलाको मालिकार्जुन, डडेल्धुराको उग्रतारा, घटालथान, कञ्चनपुरको शुल्काफाँटा निकुञ्ज, कैलालीको घोडाघोडी, बझाङको साइपाललगायतका ठाउँको प्रचारप्रसार गर्नसके सुदूरपश्चिम आफैमा धनी हुनेसमेत बताए ।

भ्रमण वर्ष २०२० को सुभारम्भ गर्नका लागि डडेल्धुरा पुगेका मन्त्री बाँस्कोटाले आजै त्यहाँका प्रशिद्ध धार्मिकस्थल उग्रतारा मन्दिर, घटालथान बाबा मन्दिरकोसमेत दर्शन गरेका थिए ।

अमरगढी भ्रमणका क्रममा मन्त्री बाँस्कोटाले अमरगढी किल्लालाई देश विदेशमा चिनाउन नगरपालिकाले विशेष पहल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : ०० बजे

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा

एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय