नेपाल भ्रमण वर्षः बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापना « Khabarhub

नेपाल भ्रमण वर्षः बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापना


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाको पर्यटकीयस्थलका रुपमा रहेको बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापना गरिएको छ ।

नेपाल भ्रमण वर्ष शुरु भएसँगै बौद्ध क्षेत्र विकास समितिको सहयोगमा बौद्ध स्तुपाभित्र स्थापना भएको ‘पर्यटक प्रहरी सूचना केन्द्र’को आज काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्णबहादुर राईले शुभारम्भ गरे ।

कार्यक्रममा सांसद राईले नेपाल भ्रमण वर्षमा नेपाल आउने विदेशी पर्यटकलाई पर्यटकीय सूचना चाहिएमा केन्द्रले सहयोग गर्ने हुँदा भ्रमण वर्ष सफल बनाउन उक्त केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

“पर्यटकलाई चाहिने सूचना दिन केन्द्र कोसेढुङ्गा साबित हुनेछ,” उनले भने ।

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाल भ्रमणका क्रममा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाल भ्रमणसम्बन्धी विभिन्न सूचना आदान–प्रदान गर्न र विदेशी पर्यटकको उजुरी तथा गुनासो प्राप्त गर्न समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार उक्त केन्द्र स्थापना गरिएको पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

उक्त सूचना केन्द्रमा पर्यटक प्रहरी र बौद्ध क्षेत्र विकास समितिका कर्मचारी बस्नेछन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ३५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन