नेपाल भ्रमण वर्षः बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापना « Khabarhub

नेपाल भ्रमण वर्षः बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापना


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाको पर्यटकीयस्थलका रुपमा रहेको बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापना गरिएको छ ।

नेपाल भ्रमण वर्ष शुरु भएसँगै बौद्ध क्षेत्र विकास समितिको सहयोगमा बौद्ध स्तुपाभित्र स्थापना भएको ‘पर्यटक प्रहरी सूचना केन्द्र’को आज काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्णबहादुर राईले शुभारम्भ गरे ।

कार्यक्रममा सांसद राईले नेपाल भ्रमण वर्षमा नेपाल आउने विदेशी पर्यटकलाई पर्यटकीय सूचना चाहिएमा केन्द्रले सहयोग गर्ने हुँदा भ्रमण वर्ष सफल बनाउन उक्त केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

“पर्यटकलाई चाहिने सूचना दिन केन्द्र कोसेढुङ्गा साबित हुनेछ,” उनले भने ।

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाल भ्रमणका क्रममा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाल भ्रमणसम्बन्धी विभिन्न सूचना आदान–प्रदान गर्न र विदेशी पर्यटकको उजुरी तथा गुनासो प्राप्त गर्न समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार उक्त केन्द्र स्थापना गरिएको पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

उक्त सूचना केन्द्रमा पर्यटक प्रहरी र बौद्ध क्षेत्र विकास समितिका कर्मचारी बस्नेछन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ३५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने