ए डिभिजन लिग : आज थ्रीस्टार र सरस्वती तथा मछिन्द्र र एपीएफ भिड्दै « Khabarhub

ए डिभिजन लिग : आज थ्रीस्टार र सरस्वती तथा मछिन्द्र र एपीएफ भिड्दै


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुदैछ ।

पहिलो खेलमा थ्री स्टार र सरस्वती युथ क्लब भिड्नेछन् । दोस्रो खेलमा मछिन्द्र र एपीएफ क्लब आमने सामने हुनेछन् ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार र सरस्वती मध्यान्न १२ बजे भिड्नेछन् । रेलिगेशन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेशन जोन छोड्न चाहन्छ ।

उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार कम्तिमा दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न चाहन्छ ।

तालिकाको पाँचौ स्थानका रहेको थ्री स्टारको १४ अंक छ । सरस्वती ४ अंक सहित तालिकाको पुछारमा छ ।

दोस्रो खेलमा एपीएफ र मछिन्द्र दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् । उपाधि होडमा रहेको मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ ।

एपीएफ भने रेलिगेशनको डरबाट गुज्रिरहेको छ ।

मछिन्द्र १९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एपीएफ रेलिगेशन जोन भन्दा मात्र एक अंक माथि छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ६ : ५८ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,