काठमाडौंका अधिकांश स्थानमा दिनभर नै विद्युत कटौती « Khabarhub

काठमाडौंका अधिकांश स्थानमा दिनभर नै विद्युत कटौती


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चक्रपथ बिस्तारको कामले आज काठमाडौंका धेरैजसो स्थानमा विद्युत कटौती भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चक्रपथ बिस्तारका लागि सडक किनारका रुख काट्ने क्रम जारी रहेकाले आज दिनभरजसो काठमाडौंका अधिकांश स्थानमा विद्युत कटौती हुनेछ ।

महाराजगंज  वितरण केन्द्रको धापासी  फिडरबाट वितरीत लाइन  अपरान्ह ४ बजेसम्म कटौती हुनेछ ।

धापासी फिडर अन्तरगत वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरु विहानैदेखि विद्युत छैन ।

यस्तै पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक  फिडरबाट वितरीत ११ केभी  लाइनमा सेक्सनलाइजर राख्ने कार्य भइरहेकाले त्यस क्षेत्रमा पनि विद्युत कटौती भएको छ ।

प्राधिकरणका अनुसार ११ केभी लाइनको जम्परहरु मर्मत गरी फिडर सुधार गर्ने काम जारी रहेकाले ११ बजेदेखि त्यस क्षेत्रमा विद्युत कटौती भएको छ ।

विहान ११ बजेदेखि कटौती भएको विद्युत साँझ ५ बजे अघि आउने छैन । टेकु पुल्चोक फिडरबाट वल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक लगायतका क्षेत्रहरुमा विद्युत वितरण भएको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ११ : ३३ बजे

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार