नेपाली उपराष्ट्रपतिका सल्लाहकार बताएर सुविधा लिन खोज्ने तीन जना भारतमा पक्राउ « Khabarhub

नेपाली उपराष्ट्रपतिका सल्लाहकार बताएर सुविधा लिन खोज्ने तीन जना भारतमा पक्राउ


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको मध्य प्रदेशस्थित उज्जैनमा प्रहरीले नेपालका उपराष्ट्रपतिका सल्लाहकार भन्दै भीभीआईपी सुविधा लिन खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महावीर प्रसाद तोरडी, प्रमोद शर्मा र कुलदीप शर्मा रहेका छन् ।

पक्राउ परेका तीन जनाले आफूहरु नेपालका उपराष्ट्रपतिको सल्लाहकार रहेको भन्दै भारतमा सरकारी सुविधा र भीभीआईपी सुविधा लिन खोजेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशन भएको समाचार अनुसार उनीहरुले नेपालका उपराष्ट्रपतिको सांस्कृतिक सल्लाहकार, निजी सचिव भन्दै भारतमा सरकारी सुविधा लिन खोजेका थिए ।

सरकारी सुविधा लिनका लागि भन्दै उनीहरु ‘सर्किट हाउसमा’ पुगेका थिए । सर्किट हाउस सरकारी कर्मचारीका लागि उपलव्ध हुने गेष्ट हाउस हो ।

विहीवार सरकारी नम्बर प्लेटको कारबाट उज्जैन पुगेका तीन जनाले सर्किट हाउमा कोठा बुक गराएका थिए ।

तीन मध्ये एक जना महावीर प्रसाद तोरडीले आफूलाई नेपालका उपराष्ट्रपतिका सांस्कृतिक सल्लाहकार बताएका थिए । त्यस्तै अर्का प्रमोद शर्मा नाम गरेका व्यक्तिेले आफूलाई पूर्व सल्लाहकार बताएका थिए भने अर्का व्यक्ति कुलदीप शर्माले आफ्नो परिचय निजी सचिवको रुपमा दिएका थिए ।

सर्किट हाउस बसेका उनीहरुमाथि जब शंका लाग्यो त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी टोलीले नेपाल सरकारको आधिकारिक कागजात मागेपछि उनीहरुले केही भिजिटिङ कार्ड दिएका थिए ।

नेपालका उपराष्ट्रपतिको सचिवालयको व्यक्ति भएको बताउने केही कागजपत्र पनि उनीहरुले प्रहरीलाई दिएका थिए ।

तर प्रहरी जाँच पछि उनीहरुले दिएको कागजपत्र नक्कली भएको फेला पर्‍यो । नेपालको उपराष्ट्रको सचिवालयमा यी नाम भएका कोही पनि सरकारी अधिकृत नभएको बारे भारतीय प्रहरीले पत्ता लगायो ।

आखिरमा उनीहरु तीनै जना राजस्थानका बासिन्दा रहेको तथ्य फेला पर्‍यो ।

यसपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग नेपाली नम्बरप्लेट रहेको गाडी समेत रहेको समाचारमा जनाइएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले प्रहरीसँग आफूलाई उच्च ओहोदाको व्यक्तिको रुपमा प्रस्तुत गरेर महाकाल मन्दिरमा भीभीआइपी दर्शन सुविधा लिन चाहेको बताएका थिए ।

उज्जैन भन्दा पहिला तीन जनाले आग्राको नलखेडामा रहेको प्रसिद्ध बगलामुखी माताको दर्श पनि भीभीआइपी कोटाबाट गरेका थिए र उनीहरुले अन्य सुविधा पनि लिएका थिए । नक्कली कागजात पेश गरेर उनीहरुले भीआइपी सुविधा लिएको तथ्य प्रहरीले फेला पारेको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ४ : २४ बजे

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

मङ्गलबारे– डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन

पक्राउ परे व्यवसायी शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ