चीनको हुबेईमा रहेका सबै नेपालीलाई विमान चार्टर गरेर ल्याइने, यस्तो छ प्रक्रिया « Khabarhub

चीनको हुबेईमा रहेका सबै नेपालीलाई विमान चार्टर गरेर ल्याइने, यस्तो छ प्रक्रिया


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले चीनको हुबेई प्रान्तमा रहेको नेपालीहरुको उद्धार गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिँदै गएपछि नेपालले हुबेईमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको हो । चीनमा रहेको नेपाली राजदूतावासले शनिबार सूचना प्रकाश गर्दै उद्धार गर्न लागिएको र त्यसका लागि फर्म भर्न समेत हुवेईमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ । फर्म दूतावासको वेवसाइटमा राखिएको छ ।

नेपालीको उद्धारका लागि विमान चार्टर्ड गरिएको दूतावासले जनाएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुबेईमा रहेका नेपालीलाई स्वदेश फर्काउन दुई वटा जहाज तयारी अवस्थामा राखेका बताएका थिए ।

नेपाल फर्किन चाहने नेपालीहरुको फर्म बुझाएपछि त्यही अनुसार विमानको व्यवस्था गरिने जनाएको हो । फर्म दूतावासले दिएको ठेगानामा स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख ९ बजेभन्दा अघि पठाइसक्‍नु पर्ने सूचनामा जनाइएको छ ।

हरेक पासपोर्ट भएका व्यक्तिले छुट्टै फर्म भर्नुपर्ने छ । त्योभन्दा पछि दिएमा फर्म स्वीकार्य नहुने दूतावासले जनाएको छ। नाबालिगको हकमा अभिभावकले फर्म भर्दिनुपर्नेछ। कुनै दुविधा भएमा दूतावासले फोनमा सम्पर्क गर्न आग्रह गरेको छ।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले बीबीसी नेपाली सेवालाई दिएको जानकारी अनुसार चीनका विभिन्न सहरहरूमा करिब ८ हजार नेपालीहरू रहेका छन् । कोरोनाभाइरस प्रभावित वुहानमा भने ७० देखि ८० को सङ्ख्यामा नेपाली नागरिकहरू रहेको लम्सालले बताएको बीबीसीले उल्लेख गरेको छ ।

कोरोना भाइरसको स‌ंक्रमण बढ्दै गएपछि विभिन्न देशहरुले चीनमा रहेका आफ्ना नागिरकहरुको उद्धार गरिरहेका छन् । कोरोनाका कारण चीनमा २५९ जनाको मृत्यु भइसकेको छ भने ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ५ : ५७ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष