कोरोना भइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र : मन्त्री ढकाल « Khabarhub

कोरोना भइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र : मन्त्री ढकाल


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताए ।

उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए ।

अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, “१४/१५ दिनसम्म कयौँ बिरामीलाई हामीले राख्यौँ, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ ।”

उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरीकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालीम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए ।

ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनको भनाइ छ ।

बिरामीको सङ्ख्याका आधारमा केन्द्र बनाइने उनले बताए । सरकारले अहिले १०० भन्दा बढी श्ययाको विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।

रोगबाट बच्नअपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उनले अन्तरराष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ९ : ५९ बजे

इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी : ३४ श्रमिक अझै बेपत्ता

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको एक क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ : होगन

नयाँ दिल्ली- द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो

प्रधानमन्त्री बालेन र राष्ट्रपति मुर्मूबीच भेटवार्ता

नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी

एनपीएललाई ‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रंगशाला निर्माणको तयारी तीव्र

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) लाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन

निजामती सेवाप्रतिको जनविश्वास फर्काउन प्रशासनिक सुधार आवश्यक : मन्त्री रावल

ललितपुर- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले