राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल « Khabarhub

राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको बताएका छन् ।

‘लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया पूरा गरिसकेको छ । यो समस्या सम्बोधन हुन्छ,’ उनले भने ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेका सुकुम्वासीलाई शनिबार जग्गाधनी पुर्जा वितरण गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले इतिहासमै पहिलोपटक उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे ।

‘भोट माग्ने राजनीति सिद्धिने डरले कतिपय दलले सरकारविरोधी गतिविधिलाई बढावा दिएको हुनुपर्छ’, उनले भने, ‘पछिल्लो समय विकासको चिन्ता गर्नेभन्दा बढी विकासका गतिविधिका कारण चिन्तित हुनेको सङ्ख्या बढ्दै गएको छ ।’

मुख्यमन्त्री पोखरेलले भने, ‘सरकारले गरेका राम्रा कामको प्रचार नहुँदा विभिन्नखाले नकारात्मक टीकाटिप्पणी हुने गरेको छ ।’

उनले नेपालले विकसित मुलुकहरु बराबरको आर्थिक वृद्धिदर हासिल गर्दै गएको र प्रदेश सरकारले सञ्चालन गरेका काम जनताले अनुभूति गर्न थालेको बताए ।

सो अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–६ मा जग्गा उपभोग गरेका ११३ सुकुम्वासीलाई तेस्रोचरणको कार्यक्रम अन्तर्गत जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।

उनीहरुले २२ वर्षपछि पुर्जा पाएको जनाइएको छ । पहिलो चरणमा २८ र दोस्रो चरणमा ११० जनाले जग्गाधनी पुर्जा प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : ५५ बजे

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने