नेकपा सचिवालय बैठक बस्दै « Khabarhub

नेकपा सचिवालय बैठक बस्दै


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजे बस्ने बैठकमा यसअघि गरेको सचिवालयको बैठकको निर्णय कार्यन्वयनमा पुनरविचार गर्ने बिषयमा अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्ने बुझिएको छ ।

गत बुधबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपतिलाई सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

तर सो निर्णय भएको २ घण्टा नबित्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सचिवालयको निर्णय नमान्ने बताएको सूचनाहरु बाहिरिएसँगै नेकपाभित्र चरम विवाद देखिएको छ ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिन चाहेको बताइन्छ । तर पार्टीले गरेको निर्णय मान्नै पर्ने सचिवालय सदस्यहरुले दबाब दिएपछि ओली अप्ठ्यारोमा पर्दै आएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : ५२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र