फेसबुक कि टिकटक, अनुमान नमिल्न सक्छ यस्तो छ तथ्य | Khabarhub Khabarhub

फेसबुक कि टिकटक, अनुमान नमिल्न सक्छ यस्तो छ तथ्य


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सम्भवतः तपाई फेसबुक र टिकटक दुबैको प्रयोगकर्ता हुनुहुन्छ ।

सुरुवातमा फेसबुक चलाएकाले यसकै प्रयोगकर्ता बढि हुन् जस्तो पनि लाग्छ । तर टिकटकको प्रयोगकर्ता अस्वभाविक रुपमा बढेसँग फेसबुकको लोकप्रियता पनि घटेको छ ।

टिकटकले फेसबुकलाई पनि उछिन्दै पपुलर एप्सको दौडमा आफुलाई अब्बल साबित गरेको छ ।

जनवरी २०२० मा टिकटक विश्वभर धेरै पटक डाउनलोड हुने एप बन्न पुगेको छ । यो एपले फेसबुकको इन्स्ट्यान्ट मेसेजिङ्ग एप ह्वाट्सएपलाई डाउनलोडको मामिलामा पछाडी पारेको हो ।

गएको वर्षको नोभेम्वरसम्ममा टिकटक १.५ अर्ब पटक डाउनलोड गरिएको थियो । यो संख्या एप स्टोर र प्ले स्टोर दुबैको हो ।

टिकटक धेरै डाउनलोड गर्नेमा भारतीय यूजरहरु रहेका छन् । यसबाट हाल छोटो भिडियो एप्स फर्महरुको लोकप्रियता द्रुत गतिमा बढिरहेको बुझिन्छ ।

एक रिर्पोटकाअनुसार टिकटक जनवरी २०२० मा अमेरिकामा सबैभन्दा धेरैपटक डाउनलोड भएको नन गेम एप भएको छ । यस रिर्पोटलाई एप एनालिस्ट कम्पनी सेन्सर टावरले स्टिमेटको आधारमा तयार गरेको हो ।

टिकटकलाई जनवरी २०२० मा ७७ लाख पटक डाउनलोड गरिएको छ । जुन गएको वर्षको तुलनामा २८.८ प्रतिशतले बढि हो ।

त्यस्तै दोस्रो नम्वरमा डिन्जी रहेको छ । जनवरी २०२० मा यो अमेरिकीहरुकाबीचमा धेरै डाउनलोड भएको नन गेमिंग एप हो । यस एपलाई ६८ लाख पटक डाउनलोड गरिएको छ ।

यस लिस्टमा इन्स्टाग्राम, फेसबुक म्यासेन्जर र नेटफ्लिक्स क्रमश, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १२ : ०९ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले