फेसबुक कि टिकटक, अनुमान नमिल्न सक्छ यस्तो छ तथ्य « Khabarhub

फेसबुक कि टिकटक, अनुमान नमिल्न सक्छ यस्तो छ तथ्य


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सम्भवतः तपाई फेसबुक र टिकटक दुबैको प्रयोगकर्ता हुनुहुन्छ ।

सुरुवातमा फेसबुक चलाएकाले यसकै प्रयोगकर्ता बढि हुन् जस्तो पनि लाग्छ । तर टिकटकको प्रयोगकर्ता अस्वभाविक रुपमा बढेसँग फेसबुकको लोकप्रियता पनि घटेको छ ।

टिकटकले फेसबुकलाई पनि उछिन्दै पपुलर एप्सको दौडमा आफुलाई अब्बल साबित गरेको छ ।

जनवरी २०२० मा टिकटक विश्वभर धेरै पटक डाउनलोड हुने एप बन्न पुगेको छ । यो एपले फेसबुकको इन्स्ट्यान्ट मेसेजिङ्ग एप ह्वाट्सएपलाई डाउनलोडको मामिलामा पछाडी पारेको हो ।

गएको वर्षको नोभेम्वरसम्ममा टिकटक १.५ अर्ब पटक डाउनलोड गरिएको थियो । यो संख्या एप स्टोर र प्ले स्टोर दुबैको हो ।

टिकटक धेरै डाउनलोड गर्नेमा भारतीय यूजरहरु रहेका छन् । यसबाट हाल छोटो भिडियो एप्स फर्महरुको लोकप्रियता द्रुत गतिमा बढिरहेको बुझिन्छ ।

एक रिर्पोटकाअनुसार टिकटक जनवरी २०२० मा अमेरिकामा सबैभन्दा धेरैपटक डाउनलोड भएको नन गेम एप भएको छ । यस रिर्पोटलाई एप एनालिस्ट कम्पनी सेन्सर टावरले स्टिमेटको आधारमा तयार गरेको हो ।

टिकटकलाई जनवरी २०२० मा ७७ लाख पटक डाउनलोड गरिएको छ । जुन गएको वर्षको तुलनामा २८.८ प्रतिशतले बढि हो ।

त्यस्तै दोस्रो नम्वरमा डिन्जी रहेको छ । जनवरी २०२० मा यो अमेरिकीहरुकाबीचमा धेरै डाउनलोड भएको नन गेमिंग एप हो । यस एपलाई ६८ लाख पटक डाउनलोड गरिएको छ ।

यस लिस्टमा इन्स्टाग्राम, फेसबुक म्यासेन्जर र नेटफ्लिक्स क्रमश, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १२ : ०९ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान