चीनबाट नेपालीलाई उद्धार गर्न गएका विमानका चालक दलका १८ सदस्यमा देखिएन कोरोना, आजै क्वारेन्टाइनबाट घर पठाइने | Khabarhub Khabarhub

चीनबाट नेपालीलाई उद्धार गर्न गएका विमानका चालक दलका १८ सदस्यमा देखिएन कोरोना, आजै क्वारेन्टाइनबाट घर पठाइने


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट नेपालीलाई उद्धार गर्न गएको विमानका चालक दलका सदस्यको कोरोना परीक्षण नेगेटिभ देखिएको छ ।

आइतवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य सचिव खगराज बरालले नेपालीको उद्धारका लागि गएको विमानका चालकदलका १८ जना सदस्यको कोरोना परीक्षण नेगेटिभ पाइएको हो ।

विमानका चालक दलका १८ जना सदस्यलाई चीनबाट आएपछि नगरकोटको क्वारेन्टाइनमा राखिएको थियो । शनिवार हिजो उहाँहरुको स्वाव दोस्रोपटक परीक्षण गरिएको हो र उहाँहरुको रिपोर्ट नेगेटिभ देखिएको छ’ सचिव बरालले भने ।

दोस्रोपटकको परिक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरूलाई क्वारेन्टाइनबाट आज निकालिने सचिव बरालले जानकारी दिए । ट्रान्जिटको क्रममा कोरोना संक्रमण देखिनसक्ने भन्दै उनीहरूलाई क्वारेन्टाइन मा राखिएको थियो ।

चालक दलबाहेक खरीपाटीमा रहेका नेपालीको परीक्षण नतिजना नआइसकेको उनले जानकारी दिए ।

चीनको वुहानबाट फागुन ४ गते १ सय ७५ जना नेपालीलाई स्वदेश ल्याइएको थियो । नेपाल ल्याइएसँगै उनीहरुलाई भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ३ : २३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र