चीनबाट नेपालीलाई उद्धार गर्न गएका विमानका चालक दलका १८ सदस्यमा देखिएन कोरोना, आजै क्वारेन्टाइनबाट घर पठाइने « Khabarhub

चीनबाट नेपालीलाई उद्धार गर्न गएका विमानका चालक दलका १८ सदस्यमा देखिएन कोरोना, आजै क्वारेन्टाइनबाट घर पठाइने


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट नेपालीलाई उद्धार गर्न गएको विमानका चालक दलका सदस्यको कोरोना परीक्षण नेगेटिभ देखिएको छ ।

आइतवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य सचिव खगराज बरालले नेपालीको उद्धारका लागि गएको विमानका चालकदलका १८ जना सदस्यको कोरोना परीक्षण नेगेटिभ पाइएको हो ।

विमानका चालक दलका १८ जना सदस्यलाई चीनबाट आएपछि नगरकोटको क्वारेन्टाइनमा राखिएको थियो । शनिवार हिजो उहाँहरुको स्वाव दोस्रोपटक परीक्षण गरिएको हो र उहाँहरुको रिपोर्ट नेगेटिभ देखिएको छ’ सचिव बरालले भने ।

दोस्रोपटकको परिक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरूलाई क्वारेन्टाइनबाट आज निकालिने सचिव बरालले जानकारी दिए । ट्रान्जिटको क्रममा कोरोना संक्रमण देखिनसक्ने भन्दै उनीहरूलाई क्वारेन्टाइन मा राखिएको थियो ।

चालक दलबाहेक खरीपाटीमा रहेका नेपालीको परीक्षण नतिजना नआइसकेको उनले जानकारी दिए ।

चीनको वुहानबाट फागुन ४ गते १ सय ७५ जना नेपालीलाई स्वदेश ल्याइएको थियो । नेपाल ल्याइएसँगै उनीहरुलाई भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ३ : २३ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको