सैनिक कर्मचारीसँगै रकम उठाउने ‘कुख्यात ठग’ पक्राउ « Khabarhub

सैनिक कर्मचारीसँगै रकम उठाउने ‘कुख्यात ठग’ पक्राउ


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शान्ति सेनामा पठाइदिने भन्दै नेपाली सेनाका कर्मचारीबाट रकम (घुस) लिने ‘कुख्यात ठग’ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको दशरथचन्द्र नगरपालिका–१ घर भइ हाल ललितपुरको नख्खु बस्दै आएका ३२ वर्षीय रमेश बडु छन् ।

उनले नेपाली सेनाका अहरी दमन सिंहदरबारमा कार्यरत सिपाही भीमबहादुर भण्डारीलाई शान्ति सेनामा पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ घुस उठाएका थिए ।

रक्षा मन्त्रालयका तत्कालीन सचिवसँग आफ्नो राम्रो सम्बन्ध रहेको र शान्ति सेनामा पठाउन भूमिका खेलिदिने भन्दै बडुले भण्डारीबाट रकम उठाएका थिए ।

उक्त प्रकरणमा उच्च अदालत पाटनले १६ कात्तिक २०७५ मा बडुविरुद्ध २ लाख ५० हजार रुपैयाँ जरिवाना र २ महिना ४ दिन कैद सजाय सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका बडुले यसबीचमा नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै २ जना व्यक्तिबाट २४ लाख रुपैयाँ समेत उठाएका थिए ।

फरार रहेका बडुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ४ : ४३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ