कोरोना फैलिएका राष्ट्रहरुमा उडान रोक्ने विषयमा छलफलमा जुट्यो सरकार « Khabarhub

कोरोना फैलिएका राष्ट्रहरुमा उडान रोक्ने विषयमा छलफलमा जुट्यो सरकार


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमण फैलिएका राष्ट्रहरुमा आवातजावत रोक्ने विषयमा छलफल थालेको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना फैलिएको राष्ट्रहरुमा आवागमन रोक्ने विषयमा सरकारले छलफल गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।

‘अन्तर्राष्ट्रिय क्षेत्रबाट उडान हुने देशहरुमा कतिपय देशले घोषित रुपमै त कतिपय देशले अघोषित रुपमा उडानहरु रोकेका छन्,’ स्वास्थ्य मन्त्री ढकालले भने, ‘केही मुलुकहरुमा जान प्रतिबन्ध लगाउने विषयमा औपचारिक रुपमा घोषणा गर्ने कि भनेर हाम्रो छलफल भएको छ ।’

सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले कोरोना प्रभावित क्षेत्रमा हुने आवागमन रोक्ने विषयमा केही दिन भित्रै निर्णय गर्ने स्वास्थ्य मन्त्री ढकालले बताए ।

‘हाम्रो उपप्रधानमन्त्री( इश्वर पोखरेल) ज्यूको नेतृत्वमा बनेको समितिले एक दुई दिन भित्र नै बैठक बसेर औपचारिक निर्णय गर्छौं भन्नुभएको छ,’ मन्त्री ढकालले भने, ‘अहिले सम्भावित जोखिम ठाउँमा यात्रा गर्दा कसरी सावधानी अपनाउने कुरामा छलफल भएको छ ।’

स्वास्थ्य मन्त्री ढकाललका अनुसार समितिले नै निर्णय गरेपछि कोरोना प्रभावित क्षेत्रमा हुने हवाई आवागमन बन्द गर्ने वा नगर्ने भरेर निर्क्यौल गरिने छ ।

नेपाल भित्रिने पर्यटकहरु विमानस्थलमा ज्वरो परीक्षण गरेपछि उनीहरुको अवस्थाबारे सरकारलाई नै जानकारी नभएको भन्दै धेरैले आलोचना गरेको भन्दै स्वास्थ्य मन्त्री ढकालले नेपाल भित्रिने पर्यटकको विमानस्थलमै विवरण संकलनको व्यवस्थापन समेत गर्न लागेको जानकारी दिए ।

मन्त्री ढकालले स्वदेश भित्रिने मात्र नभएर नेपालबाट बाहिरिने यात्रुको पनि विमानस्थलमा स्थास्थ परीक्षणपश्चात पठाइने गरेको जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : २२ बजे

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको