कोरोना फैलिएका राष्ट्रहरुमा उडान रोक्ने विषयमा छलफलमा जुट्यो सरकार « Khabarhub

कोरोना फैलिएका राष्ट्रहरुमा उडान रोक्ने विषयमा छलफलमा जुट्यो सरकार


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमण फैलिएका राष्ट्रहरुमा आवातजावत रोक्ने विषयमा छलफल थालेको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना फैलिएको राष्ट्रहरुमा आवागमन रोक्ने विषयमा सरकारले छलफल गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।

‘अन्तर्राष्ट्रिय क्षेत्रबाट उडान हुने देशहरुमा कतिपय देशले घोषित रुपमै त कतिपय देशले अघोषित रुपमा उडानहरु रोकेका छन्,’ स्वास्थ्य मन्त्री ढकालले भने, ‘केही मुलुकहरुमा जान प्रतिबन्ध लगाउने विषयमा औपचारिक रुपमा घोषणा गर्ने कि भनेर हाम्रो छलफल भएको छ ।’

सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले कोरोना प्रभावित क्षेत्रमा हुने आवागमन रोक्ने विषयमा केही दिन भित्रै निर्णय गर्ने स्वास्थ्य मन्त्री ढकालले बताए ।

‘हाम्रो उपप्रधानमन्त्री( इश्वर पोखरेल) ज्यूको नेतृत्वमा बनेको समितिले एक दुई दिन भित्र नै बैठक बसेर औपचारिक निर्णय गर्छौं भन्नुभएको छ,’ मन्त्री ढकालले भने, ‘अहिले सम्भावित जोखिम ठाउँमा यात्रा गर्दा कसरी सावधानी अपनाउने कुरामा छलफल भएको छ ।’

स्वास्थ्य मन्त्री ढकाललका अनुसार समितिले नै निर्णय गरेपछि कोरोना प्रभावित क्षेत्रमा हुने हवाई आवागमन बन्द गर्ने वा नगर्ने भरेर निर्क्यौल गरिने छ ।

नेपाल भित्रिने पर्यटकहरु विमानस्थलमा ज्वरो परीक्षण गरेपछि उनीहरुको अवस्थाबारे सरकारलाई नै जानकारी नभएको भन्दै धेरैले आलोचना गरेको भन्दै स्वास्थ्य मन्त्री ढकालले नेपाल भित्रिने पर्यटकको विमानस्थलमै विवरण संकलनको व्यवस्थापन समेत गर्न लागेको जानकारी दिए ।

मन्त्री ढकालले स्वदेश भित्रिने मात्र नभएर नेपालबाट बाहिरिने यात्रुको पनि विमानस्थलमा स्थास्थ परीक्षणपश्चात पठाइने गरेको जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : २२ बजे

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा