मन्त्री ढकालका सय दिन : कोरोनामा केन्द्रित हुनुपर्दा अन्य काम ओझेलमा | Khabarhub Khabarhub

मन्त्री ढकालका सय दिन : कोरोनामा केन्द्रित हुनुपर्दा अन्य काम ओझेलमा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको प्रतिकार्यमा खटिनु परेकाले आफ्नो कार्ययोजनाअनुरुप प्रगति गर्न नसकेको बताएका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालयले एक सय दिनमा मन्त्रालयले गरेका कामको जानकारी दिँदै मन्त्री ढकालले आफ्नो दुई महिनाको समय कोरोना संक्रमणको प्रतिकार्यमै खर्च भएको बताए ।

मन्त्री ढकालले कोरोना संक्रमणको विषय आफ्नो कार्ययोजना भित्र नपरेको भएपनि विश्वभर कोरोनाको सन्त्रास फैलिन थालेपछि प्राथमिकताका साथ यही विषयमा सबैभन्दा बढी समय खर्चिएको जानकारी दिए ।

‘मेरो सय दिनको कामभित्र आइलागेको कोरोनाको विषयमा धेरै प्रश्न गर्नुभयो,’ मन्त्री ढकालले भने, ‘यो हाम्रो सय दिनभित्रको नियमित कार्यभित्र नभएपनि नचाहेर आइलागेको विषयमा हामीले दुई महिना समय खर्चियौं, अझै यसमै धेरै समय दिनुपर्ने अवस्था छ ।’

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयको कामहरु बुझ्दै गर्दा कोरोनाको विषय आएकाले आफूले सोचअनुसारको प्रगति गर्न नसकेको स्वीकारे ।

उनले स्वास्थ्य मन्त्रालयमा सुधारका कामहरु गर्नैपर्ने विषय धेरै भएपनि कोरोनाको संक्रमण रोक्नेतर्फ केन्द्रित हुँदा कामहरु परिणाममुखी भए भनेर भन्न सक्ने अवस्था नभएको बताए ।

मन्त्री ढकालले आफ्नै पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरो परीक्षणको व्यवस्था गरिएको दावी गरे । उनले स्वास्थ्य मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिनमा गरेको नीतिगत कामको २२ बुंदा सार्वजनिक गरेका छन् । यस्तै २ प्रकारका अनुगमन र सेवा प्रवाहका ९ बुँदे कामबारे जानकारी दिए ।

मन्त्री ढकालले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन वीर अस्पतालमा थप २० शय्याको आईसीयु थप गर्ने तयारी समेत गरेको जानकारी दिए ।

यस्तो छ मन्त्री ढकालले प्रस्तुत गरेको सय दिनको कार्यविवरण

 नीतिगत व्यवस्था तथा प्रणालीगत सुधार

  • मिति २०७६।८।१६ देखि २० गतेसम्म राष्ट्रिय संयुक्त वार्षिक समीक्षा सम्पन्न गरिएको ।
  • स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि मिति २०७६।९।३ गते माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको समुपस्थितिमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग परामर्श बैठक सम्पन्न भएको ।
  • मिति २०७६।९।२९ मा प्रदेश सामाजिक विकास मन्त्री र सचिवहरूसँ मा. मन्त्री स्तरीय समीक्षा बैठक सम्पन्न भएको थियो ।
  • “स्वास्थ्य क्षेत्रमा साझेदारी निर्देशिका २०७६” मन्त्रिपरिषदबाट स्वीकृत भै लागू भएको  ।
  • आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयारीका लागि “स्वास्थ्य क्षेत्रको योजना तर्जुमा मार्ग निर्देशन २०७६” स्वीकृत भर्इ लागू भएको ।
  • मुख्य तथा सहायक राजमार्ग नजिक अवस्थित स्वास्थ्य संस्थाहरूमा ट्रमा सेन्टर स्थापना तथा संचालन गर्न एक कार्यविधिको निर्माण गरिएको ।
  • सिकलसेल एनिमियाको प्रभावकारी व्यवस्थापनका लागि “सिकलसेल एनिमिया परामर्श सेवा कर्नर स्थापनाको कार्यविधि” तयार भएको ।
  • “राष्ट्रिय स्वास्थ्य वित्त रणनीति” तर्जुमा गर्न वस्तुस्थिति विश्लेषण सम्पन्न भएको ।
  • स्वास्थ्यजन्य फोहर व्यवस्थापन सम्बन्धी राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी मिति २०७६।८।२४ देखि २६ सम्म काठमाण्डौमा सम्पन्न भएको ।
  • घरमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित गर्न “घरमा आधारित स्वास्थ्य सेवा मापदण्ड र कार्यविधि २०७६” स्वीकृत भएको ।
  • संघीय “राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७” लार्इ आवश्यक संशोधन गरी स्वीकृत भएको ।
  • “विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम संचालन कार्यविधि २०७६” स्वीकृत भएको ।
  • दूरचिकित्सा (Telemedicine) सम्बन्धी मापदण्ड तथा कार्यविधि तयार भएको ।
  • विभिन्न परिषद तथा प्रतिष्ठानमा रिक्त रहेका पदहरूमा पदाधिकारीहरू नियुक्ति गरिएको ।
  • बिमस्टेक टास्कफोर्सको परम्परागत उपचार पद्धति विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको ।
  • प्रादेशिक प्रयोगशाला स्थापनाको लागि प्रारम्भिक कार्य अगाडि बढेको ।
  • अमेरिकामा फेलोसिप अध्ययनकालागि Statement of Need प्रदान गर्ने व्यवस्था ।
  • केन्द्रीय स्तरका ५ वटा अस्पतालहरुको अस्पताल विकास समिति गठन आदेश स्वीकृत ।
  • कर्मचारीहरुको कार्य सम्पादनलाई प्रभाबकारी बनाउन नौ बुदे निर्देशन ।
  • साबिकको क्षेत्रीय क्षयरोग केन्द्र पोखरालाई गण्डकी प्रदेशमा हस्तान्तरण गरिएको ।
  • कर्मचारी समायोजनको धेरै जसो काम सम्पन्न भैसकेकाले सोकालागि गठित समिति विघठन गरी बाँकीका कार्य कर्मचारी प्रशासन महाशाखाबाट सम्पादन गर्ने व्यवस्था मिलाईएको ।
  • जनस्वास्थ्य सेवा नियमावली तथा सुरक्षित मातृत्व एवम प्रजनन स्वास्थ्य नियमावलीको मस्यौदा अन्तिम चरणमा रहेको ।

 अनुगमन

  • मा.मन्त्रीज्यू र राज्यमन्त्रीज्यूबाट दर्जन बढी केन्द्रीय अस्पताल/प्रतिष्ठानहरूको स्थलगत अनुगमन
  • न्यूनतम सेवा मापदण्ड ९ वटै संघीय अस्पतालहरूमा लागू भएको ।
  • १५औं योजनाका २ वटा रूपान्तरणकारी कार्यक्रमहरू र ६ वटा प्रमुख कार्यक्रमहरू छनौट ।

रूपान्तरणकारी कार्यक्रमहरूः . स्वास्थ्य बीमा कार्यक्रम, २. स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार

प्रमुख कार्यक्रमहरू : १. सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सबलीकरण कार्यक्रम, २. एकीकृत खोप तथा पोषण , ३. एकीकृत रोग रोकथाम तथा नियन्त्रण कार्यक्रम; ४. विकासमा जनसांखिक लाभांशको उपयोग कार्यक्रम; ५. एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन तथा डिजिटल हेल्थ कार्यक्रम; ६. आप्रवासन स्वास्थ्य कार्यक्रम

सेवा प्रवाह

  • प्रत्येक स्थानीय तहमा एक अस्पतालको नीति अनुरुप १५ शैया सम्मका थप २३६ स्वास्थ्य संस्था सूचीकृत गरिएको ।
  • पछिल्लो ३ महिनामा छात्रवृत्तिमा अध्ययन गरेका १८२ जना विशेषज्ञ चिकित्सकहरूलार्इ देश भरिका विभिन्न अस्पतालहरूमा खटाइएको ।
  • स्वास्थ्य बीमा कार्यक्रम थप २६ स्थानीय तहमा विस्तार गरी हालसम्म ५१ जिल्ला, ५०५ स्थानीय तहमा लागू भई बीमित गर्नेको संख्या २६ लाख ३४ हजार ३ सय २६ पुगेको ।
  • वीर अस्पतालमा २० आई सि यू शैय्या थप गर्न प्रक्रिया अगाडि बढेको ।
  • वीर अस्पतालको दुवाकोटमा सेवा विस्तार गर्ने सम्बन्धमा चिनीया पक्षबाट औलाइएका विषयवस्तुहरू नेपाल सरकारको तर्फबाट सम्बोधन गरिने प्रतिबद्धता पत्र अर्थ मन्त्रालय मार्फत चिनीया पक्षलाई पठाइएको
  • ९ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूको लागि देश भरी फाल्गुण र चैत्र दुई महिनामा २ चरणमा सम्पन्न गर्ने गरी दादुरा रुबेला खोप अभियानको मिति २०७६।११।१ गते शुभारम्भ भएको ।
  • खोप लाई सुरक्षित तरिकाबाट भण्डारण गर्न, कोल्ड चेनको गुणस्तर र पहुँच बढाउन देशभरका थप १९० स्थानमा रेफ्रिजेरेटरहरु जडान गरिएको ।
  • तराईका १९ जिल्लाहरुमा जन्मे देखि ५ वर्ष मुनिका १८ लाख १२ हजार बालबालिकालाई पोलियो उन्मुलनको लागि थप मात्रा पोलियो खुवाउने अभियान संचालन गरिएको ।
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सिनेट बैठक सम्पन्न भएको ।

अध्ययन अनुसन्धान

  • नेपालमा क्षयरोगको अवस्थाबारे यथार्थ जानकारी लिने उद्देश्यले पहिलो पटक क्षयरोग प्रिभेलेन्स सर्भे (TB Prevalence Survey)सम्पन्न भई प्रारम्भिक प्रतिवेदन तयार भएको छ ।
  • स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवासम्बन्धि हरेक ५-५ वर्षमा हुने गरेको नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको दोस्रो सर्वेक्षणको कार्य प्रारम्भ भएको ।

कोरोना (COVID 19) महामारी व्यवस्थापन सम्बन्धि

  • बिश्वमा हाल फैलिएको कोरोना संक्रमणको रोकथाम, शिघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रोटोकल तथा कार्य योजना तयार गरीएको ।
  • विभिन्न निकायहरुसँगको समन्वयमा चीनको युआन प्रान्तमा रहेका १७५ विद्यार्थीलाई नेपाल ल्याई १४ दिन Quarantine मा राखिएकामा हिजो फाल्गुन १७ गते अन्तिम पटकको नमुना परीक्षण गरिएको ।
  • त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलको स्वास्थ्य कक्ष (health desk) लाई थप जनशक्ति तथा तीन वटा Infrared Radiation Thermometer थप गरी सबै प्रभावित मुलुकबाट नेपाल आउने यात्रुको अनिवार्य जाँच गर्ने प्रबन्ध मिलाईएको ।
  • तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको ।
  • सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेशसँग समन्वय गरी तहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरिएको ।
  • कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्री (logistics) को मौज्दात थप गरिएको ।
  • उपत्यकाका सबै Hub Hospital हरू सँग विभिन्न चरणमा पूर्व तयारीका लागि बैठक तथा छलफल गरीएको साथै सबै Hub Hospital हरूको विस्तृत अनुगमन गर्ने व्यवस्था मिलाईएको ।
  • मिति २०७६/११/१७ मा प्रधानमन्त्री निवासमा सम्पन्न उच्च स्तरीय बैठकबाट प्राप्त सुझावहरुका आधारमा मन्त्रालयबाट थप योजना बनाई कार्यान्वयन गर्ने तयारी गरिएको ।

अन्य

  • स्वास्थ्य नीतिमा उल्लेख भएको “एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्थाको” अवधारणालाई २०७७ बैशाख १ गते देखि नेपाल सरकारका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुबाट विस्तारित स्वास्थ्य सेवा तथा थप सुविधासहित कार्यान्वयन गरिने ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबै कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराइने तथा अन्य मन्त्रालय र सरकारी निकायका कर्मचारीलाई समेत यस कार्यक्रममा आबद्ध गराउनका लागि अनुरोध गरी पत्राचार गरिने ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : ४८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन