ईपीएल क्रिकेट : भैरहवामा श्रीलंका र ओमानका खेलाडी अनुबन्ध | Khabarhub Khabarhub

ईपीएल क्रिकेट : भैरहवामा श्रीलंका र ओमानका खेलाडी अनुबन्ध


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेष्ट राष्ट्र श्रीलंका र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आज पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् ।

दसानायकेले ईपीएलमा भैरहवाको मुख्य प्रशिक्षकको भूमिका निभाउने छन् । ओमानका बायाँ हाते तीव्र गतिका बलर बिलाल खान, श्रीलंकाका स्पिनर जीवन मेन्डिस र बायाँ हाते अलराउन्डर मिलिन्डा श्रीवार्दानाले भैरहवाबाट ईपीएल खेल्ने पक्का भएको उनले जानकारी दिए ।

त्यस्तै भैरहवाले यसअघि नै वेस्ट इन्डिजका ब्याट्सम्यान ड्वेन स्मिथको नाम सार्वजनिक गरेकोे थियो ।

ईपीएल आगामी चैत्र १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । भैरहवा ग्ल्याडिएटर्सले चैत्र २ गते काठमाडौँ किंग्स११ सँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

भैरहवा टोलीमा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशङ््कर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमांशु दत्त छन् । त्यसैगरी विदेशी खेलाडीमा बिलाल खान, ड्वेन स्मिथ, जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दाना रहेका छन् ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, विराटनगर, भैरहवा, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : १३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय