ईपीएल क्रिकेट : भैरहवामा श्रीलंका र ओमानका खेलाडी अनुबन्ध « Khabarhub

ईपीएल क्रिकेट : भैरहवामा श्रीलंका र ओमानका खेलाडी अनुबन्ध


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेष्ट राष्ट्र श्रीलंका र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आज पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् ।

दसानायकेले ईपीएलमा भैरहवाको मुख्य प्रशिक्षकको भूमिका निभाउने छन् । ओमानका बायाँ हाते तीव्र गतिका बलर बिलाल खान, श्रीलंकाका स्पिनर जीवन मेन्डिस र बायाँ हाते अलराउन्डर मिलिन्डा श्रीवार्दानाले भैरहवाबाट ईपीएल खेल्ने पक्का भएको उनले जानकारी दिए ।

त्यस्तै भैरहवाले यसअघि नै वेस्ट इन्डिजका ब्याट्सम्यान ड्वेन स्मिथको नाम सार्वजनिक गरेकोे थियो ।

ईपीएल आगामी चैत्र १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । भैरहवा ग्ल्याडिएटर्सले चैत्र २ गते काठमाडौँ किंग्स११ सँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

भैरहवा टोलीमा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशङ््कर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमांशु दत्त छन् । त्यसैगरी विदेशी खेलाडीमा बिलाल खान, ड्वेन स्मिथ, जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दाना रहेका छन् ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, विराटनगर, भैरहवा, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : १३ बजे

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९