कोरोनाभाइरसका कारण पहिलो पटक हनुमानढोका दशैं घरमा बलि रोकियो « Khabarhub

कोरोनाभाइरसका कारण पहिलो पटक हनुमानढोका दशैं घरमा बलि रोकियो


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यस वर्षको चैते दशैं भक्तजनहरुका लागि खल्लो बनेको छ ।

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन बलिसहित पूजा गरिने गरिएकामा यस वर्ष पूजा हुने तर बलि नदिइने भएको छ ।

कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएपछि बलि रोकिएको दशैँघरका मूल पुजारी देवरजा अर्यालले जानकारी दिए ।

चैत्र शुक्ल प्रतिपदादेखि नै दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भने भइरहेको छ ।

विसं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत छ ।

कोरोना भाइरसको महामारीका कारण पहिलोपटक बलि पूजा रोकिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : ४१ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी