अमेरिकीहरूलाई आगामी दुई साता निकै असहज र चुनौतीपूर्ण : ट्रम्प « Khabarhub

अमेरिकीहरूलाई आगामी दुई साता निकै असहज र चुनौतीपूर्ण : ट्रम्प


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय निकै असहज र चुनौतीपूर्ण हुने बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा अमेरिकाले  चीनलाई उछिनेको परिस्थितिमा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिका ‘अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको’ बताएका हुन् ।

ह्वाइटहाउसले अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने जनाएको अनुमान गरेको छ ।

विश्वमै सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म तीन हजार छ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

अधिकारीहरूले त्यहाँ तीस दिनको सामाजिक दूरी कायम गर्नेजस्ता कदमले सङ्क्रमितको सङ्ख्या कम गर्ने बताएका छन्।

तर सुरुमा यस भाइरसलाई ‘मौसमी रुघाखोकी’ भन्दै कम आँकेको र ढिलो कदमहरू चालेको भन्दै ट्रम्प आलोचित बन्दै आएका छन्।

ट्रम्पले भने चीनमा भाइरसको सङ्क्रमण सुरु भएदेखि नै आफू यसको क्रूरताबारे सचेत भएको बताएका छन्।

पहिलेदेखि नै मानिसहरू नआत्तिउन् भन्ने आफूले चाहेको बताउँदै ट्रम्पले भने: “आशा गरौँ यो महिनाको अन्त्यसम्म यो जानेछ।”

ह्वाइटहाउसका कोरोनाभाइरस मामिला हेर्ने संयोजक डा डेबोरा ब्रिक्सले यस सङ्कटबाट पार पाउन ‘कुनै जादुजस्तो खोप वा चिकित्साविधान नरहेको’ बताइन्।

“तर मानिसहरूको व्यवहारमा परिवर्तन ल्याएर आउँदा तीस दिनमा नयाँ मोड दिन सकिन्छ,” उनले भनिन्।

ट्रम्पले यसअघि आफूले बताएको एउटा औलोविरूद्धको उपचारपद्धति कोभिड १९ का लागि संभवत ‘पूर्णपरिवर्तनकारी’ हुनसक्ने भनाइमा पुन: जोड दिएका छन्।

उनले कोरोनाभाइरसविरूद्धको खोपको प्रगति आफूले अधिकारीहरूलाई दैनिक सोध्ने पहिलो प्रश्न रहने गरेको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : ०८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर