स्वास्थ्य मन्त्रालयले ७ करोड खर्च गरेर किन्यो काम नै नलाग्ने किट « Khabarhub

स्वास्थ्य मन्त्रालयले ७ करोड खर्च गरेर किन्यो काम नै नलाग्ने किट


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको भाइरस (कोभिड १९) को परीक्षणका लागि भनेर कामै नलाग्ने ‘र्‍यापिड टेस्ट किट’ खरिद गरेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले ओबीसीआई नामक कम्पनीमाफर्त चीनका व्यापारीसँग खरिद गरेका ‘र्‍यापिड टेस्ट किट’ काम नलाग्ने भएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा काम नै नलाग्ने ७५ हजार थान ‘र्‍यापिड टेस्ट किट’ ल्याएको हो । विश्व स्वास्थ्य संगठनले समेत प्रयोग नगर्न भनेर भनेर दिएको सुझावलाई लत्याउँदै सरकारले ६ लाख अमेरिकी डलर झन्डै ७ करोड नेपाली रुपैयाँ खर्च गरेर  ‘र्‍यापिड टेस्ट किट’ खरिद गरेको हो ।

स्वास्थ्य मन्त्रालयले काम नै नलाग्ने ‘र्‍यापिड टेस्ट किट’ खरिद गरेको भोलीपल्ट मंगलबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले नै ‘र्‍यापिड टेस्ट किट’ विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न निर्देशन दिएको बताएका थिए ।

‘र्‍यापिड टेस्ट किट बारे बजारमा एकदम धेरै हल्ला भएको छ । यो किट कोरोना भाइरस नेगेटिभ छ कि पोजेटिभ छ भनेर एकदमै छिटो देखाउने खालको टेस्ट किट हो, त्यसको अहिले थुप्रै विवादहरु आएको विश्वभर प्रयोग गर्दा गुणस्तरमा प्रश्न आएको भएकाले विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्ने भनेर निर्णय गरेको छ,’ मंलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मलेनमा डा कार्कीले भनेका थिए ।

डा कार्कीले ‘र्‍यापिड टेस्ट किट’ले गलत नतिजा समेत दिने भन्दै उक्त टिक प्रयोग नर्गन आग्रह समेत गरेका थिए ।

‘यो र्‍यापिड टेस्ट किटबाट आएको रिजल्टले हुनसक्ने भ्रम र क्षति आकलन नै नगर्ने खालको हुन सक्छ । कसै नेगेटिभ मान्छेलाई पोजेटिभ भनेर देखाइ दियो भने समाजमा समस्या हुनसक्छ,’ डा कार्कीले भने, ‘र्‍यापिड टेस्ट किट प्रयोग भइरहेको भन्ने सुनेका छौं । यो स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले प्रयोग गर्न अनुमति नदिएकाले  प्रयोग नगर्नुहुन अनुरोध गर्दछु ।’

प्रवक्ता देवकोटाले स्वास्थ्य मन्त्रालयले ६ लाख डलरमा खदिर गरेको किट प्रयोगमा नै नआएको बताए ।

‘म यति मात्र भन्न सक्छु र्‍यापिड टेस्ट किट अहिले हामीले प्रयोग गरेका छैनौं, हामीले अहिले रियल टाइम पीसीआरबाट परीक्षण गरिरहेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले भने, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सल्लाहमा विश्व स्वास्थ्य प्रयोगशालाको मापदण्ड अनुसार मात्र काम गछौं ।’

स्वास्थ्य मन्त्रालयकै विज्ञ चिकित्सकले प्रयोग गर्न नमिल्ने भनेको किट स्वास्थ्य मन्त्रालयले किन खरिद गर्‍यो  त ? भन्ने  प्रश्नमा मन्त्रालयका प्रवक्ता देवकोटाले स्पष्ट जवाफ दिएनन् ।

‘मलाई के थाहा छ भने अहिले हामीले त्यो किट प्रयोग गरेका छैनौं,’ डा देवकोटाले भने, ‘यो किट प्रयोग हुन्छ कि भनेर वा पछि प्रयोग गर्न हुन्छ होला भनेर खरिद गरिएको होला । हामीले नचाहिने सामाग्री किनेको होइन । पछि विश्व स्वास्थ्य संगठनको डाइरेक्सन पर्खि रहेको होला नि त ।’

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ३ : २५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर