चीनबाट स्वास्थ्य सामग्री ल्याउन गरिएको विवादास्पद ठेक्का सम्झौता रद्द « Khabarhub

चीनबाट स्वास्थ्य सामग्री ल्याउन गरिएको विवादास्पद ठेक्का सम्झौता रद्द


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा परीक्षणसँग सम्बन्धित स्वास्थ्य सामग्री ल्याउन गरेको विवादास्पद ठेक्का सम्झौता रद्द गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) नामक कम्पनीसँग गरेको ठेक्का सम्झौता रद्ध गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओबीसीआई कम्पनीसँग ठेक्का सम्झौता रद्ध गरेको जानकारी दिए ।

‘बजार भाउ भन्दा २० प्रतिशत बढी मूल्य छ, हामीले भनेको समयमा भने जति औषधि ल्याउनु भएन, उहाँहरुले मार्च ३० तारिख सम्ममा १० प्रतिशत मात्र सामान ल्याउनुभयो,’ श्रेष्ठले भने, ‘पैसाको हिसाबमा १८ प्रतिशत रकमको सामान ल्याउनु भयो, उहाँहरुले दोस्रो लट भोली पेस गर्नुपर्ने सामाग्री ल्याउन सक्ने अवस्था छैन र अहिलेसम्म ल्याउने प्रतिवद्धता पनि गर्नुभएको छैन, त्यसैले हामीले आज (बुधबार)  त्यो सम्झौता रद्ध गरेका छौं । सम्झौता रद्ध गरेर उहाँहरुलाई उहाँहरुको धरौटी जफत गर्ने र कालो सूचीको लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको उपचारमा आवश्य पर्ने स्वास्थ्य सामाग्री खरिद गरी आपूर्ति गर्ने गरी ओबीसीआई नामक कम्पनीसँग चैत १४ गते ठेक्का सम्झौता गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले एक अर्ब २४ करोड रुपैयाँको ठेक्का सम्झौता रद्ध गरेको हो । स्वास्थ्य मन्त्रालयले सो कम्पनीमाफर्त केही स्वास्थ्य सामाग्री नेपाल ल्याएर प्रदेशहरुमा वितरण समेत गरिसकेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले स्वास्थ्य सामाग्री ल्याउन बिहीबार अर्को टेन्डर प्रक्रिया शुरु गर्ने पनि बताए । उनले पहिलो चरणमा स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा टेन्टर हालेका व्यावसायीसँग पुन: छलफल गरी उनीहरुले दिनसक्ने र थप आवश्यक पर्ने स्वास्थ्य सामाग्री ल्याउने बताए ।

यसअघि टेन्डर हालेका व्यवसायीसँग ३ दिनभित्र सम्झौता गरी सामाग्री खरिद प्रक्रिया अघि बढाइने श्रेष्ठको भनाइ छ ।  अब सस्तो र ५ दिनभित्र स्वास्थ्य सामाग्री ल्याउने कम्पनीसँग सम्झौता गरिने श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ४ : ४४ बजे

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’