खाद्य तथा राहत वितरणमा मापदण्ड बनाउँदै सरकार | Khabarhub Khabarhub

खाद्य तथा राहत वितरणमा मापदण्ड बनाउँदै सरकार


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका अवधिमा वितरण गरिने खाद्य तथा दैनिक उपभोग्य वस्तुसम्बन्धी राहत सामग्री वितरणमा मापदण्ड बनाइने भएको छ ।

घरमै सीमित हुने आदेशका कारण दैनिक आय गरी जीवनयापन गर्ने तथा विपन्न वर्गका उपभोक्तालाई अत्यावश्यक खाद्यवस्तु सहज रुपमा एकै किसिमको मापदण्ड बनाई उपलब्ध गराइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी तथा काठमाडौं, ललितपुर र मध्यपुरथिमिका प्रमुखहरुको बैठकले काठमाडौँ उपत्यका र बाहिरका स्थानीय तहले एकै मापदण्डानुसार दैनिक उपभोग्य सामग्रीको बिक्रीवितरण गर्ने निर्णय गरेको हो ।

उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बुधबारको बैठकले काठमाडौं उपत्यकाभरि एकै रुपका खाद्य सामग्रीको मापदण्ड तयार गरी नगरपालिकाहरुले सोही मापदण्डबमोजिम राहत वितरण गर्ने तथा नगरपालिकाको मागका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सो बमोजिमको खाद्य सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै राहत वितरणको व्यवस्था सम्बन्धित वडाले संकलित तथ्यांकका आधारमा गर्ने र उपत्यका बाहिरका स्थानीय तहले समेत सोही मापदण्डलाई आधार मानी राहत वितरणको व्यवस्था गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : ०५ बजे

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर