कोरोना भाइरस सन्त्रासः आवागमन बढेपछि झोलुङ्गे पुलमै ताल्चा « Khabarhub

कोरोना भाइरस सन्त्रासः आवागमन बढेपछि झोलुङ्गे पुलमै ताल्चा


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालमा जोखिम रोक्न सरकारले मुलुकभर लकडाउन गरे पनि उपत्यका बाहिरका त्यसको प्रभाव कम परेको छ ।

सरकारले लागू गरेको लकडाउन कार्यान्वयनका लागि स्थानीय तहले पनि आ-आफ्नो क्षेत्रबाट विभिन्न कदम चालिरहेका छन् । तरपनि उल्लंघनका घटना रोकिएका छैनन् ।

सरकाले लागू गरेको लकडाउनको उल्लंघन हुन नदिँन प्रहरीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको भीमसेन थापा गाउँपालिका–८ जोड्ने पुलमा ताल्चा लगाएको छ ।

दुई जिल्लाका मानिसहरुका आवागमन बढ्न थालेपछि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले पुलमा नै ताल्चा लगाएको हो ।

आफ्नो वडा भन्दा बाहिरको मानिसहरु घुम्न, आवतजावत गर्न, ससुराली, आफन्त भेटघाट गर्न भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थालेपछि प्रहरी र स्थानीयवासीकै सक्रियतामा झोलुङ्गेपुलमा आवतजावत गर्न रोक लगाइएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : ५१ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित