ब्राजिलमा एकै दिन ३९० को मृत्यु, ६ हजार बढी नयाँ संक्रमित थपिए | Khabarhub Khabarhub

ब्राजिलमा एकै दिन ३९० को मृत्यु, ६ हजार बढी नयाँ संक्रमित थपिए


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि तीव्र देखिएको छ । दुई दिन यता ब्राजिलमा कोरोनाको स‌ंक्रमण बढ्दो दरमा देखिएको हो ।

शुक्रबार समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टाको तथ्यांक हर्ने हो भने अमेरिका र बेलायतपपछि ब्राजिलमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् ।

अमेरिकामा एकैदिन २ हजार २ सय १ जनाले ज्यान गुमाए भने बेलायतमा ६७४ जनाको मृत्यु भएको छ । ब्राजिलमा पनि एकै दिन ३९० जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ३९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ९०१ पुगेको छ ।

ब्राजिलमा एकैदिन ६ हजार १९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८५ हजार ३८० पुगेको छ ।

ब्राजिलमा संक्रमितमध्ये ३५ हजार ९३५ जना उपचारपछि निको भएका छन् । ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ भने ४३ हजार ५४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : २६ बजे

तिहार : यम पञ्चक आजदेखि सुरु

काठमाडौं – उज्यालोको पर्वका रूपमा लिइने चाड तिहारको यमपञ्चक आजदेखि

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको