अलपत्र मजदुरलाई गन्तव्यसम्म पुर्‍याउनुपर्ने कर्तव्य सरकारको हो- प्रचण्ड « Khabarhub

अलपत्र मजदुरलाई गन्तव्यसम्म पुर्‍याउनुपर्ने कर्तव्य सरकारको हो- प्रचण्ड


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गरेका छन् ।

१३१ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीलाई शुभकामना दिँदै प्रचण्डले सम्पूर्ण श्रमिकको सुस्वास्थ र प्रगतिको अपेक्षासहित शुभकामना व्यक्त गरेका छन् ।

‘विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ, यतिबेला संसारभरका श्रमजीवि मजदुरहरुको रोजगारी गुमिरहेको छ’, सन्देशमा भनिएको छ, ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’

देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्‍याउनुपर्ने कर्तव्य सबैको भएको सन्देशमा उल्लेख छ ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठघण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात् मई १ मा विश्वभर अन्तरराष्ट्रिय मजदुर दिवस मनाइन्छ ।

नेपालमा विसं २००३ मा विराटनगर जुट मिलबाट शुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई गर्वका साथ स्मरण गरेको कुरा सन्देशमा छ ।

‘कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गर्दछु’, सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : ०७ बजे

सुकुम्बासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण

बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण

काठमाडौं– काठमाडौं उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुमवासी बस्ती हटाउने

इरानका विदेशमन्त्री बेइजिङ पुगे, मुख्य एजेन्डा : युद्धविराम र होर्मुज जलक्षेत्र

बेइजिङ- इरानका विदेशमन्त्री अब्बास अराघची चीनको राजधानी बेइजिङ पुगेका छन्