रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी « Khabarhub

रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानी अधिकारीको ८४ वर्षको उमेरमा शुक्रवार निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहान साढे २ बजे निधन भएको हो ।

रानुदेवीले राणाशासन विरुद्धको लडाइँमा गीत गाउँदै हिँडेकी थिइन् । उनले वि.सं. २००६ मा रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन् ।

‘जुनेली रात हजुर’, ‘जागे नेपाली उठे नेपाली’ लगायतका गीतमा स्वर दिएर चर्चामा रहेकी रानुदेवी शास्त्रीय संगीतमा रुचि राख्थिन् ।

रानुदेवीका एक छोरा र दुई छोरी छन् । रानुदेवीका एक छोरा र एक छोरी अमेरिकामा बस्दै आएका छन् भने कान्छी छोरी काठमाडौं बस्ने गर्छिन् । उनको शुक्रवार बिहानै अन्त्यष्टि गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १ : ५७ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित