बागलुङेद्वारा १२ लाखको स्वास्थ्य सुरक्षा सामग्री सहयोग « Khabarhub

बागलुङेद्वारा १२ लाखको स्वास्थ्य सुरक्षा सामग्री सहयोग


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनुभएका बागलुङेहरुले धवलागिरि अञ्चल अस्पताल बागलुङलाई ठूलो परिमाणमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् ।

बिहीबार प्रवासी नेपालीको तर्फबाट धवलागिरि अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री सांसद डा सूर्य पाठक र गोविन्द सुवेदीलगायतले हस्तान्तरण गरे ।

हस्तान्तरणपछि बोल्दै सांसद पाठकले धवलागिरि अञ्चल अस्पताल गण्डकी प्रदेशको मात्र नभएर देशकै नमूना अस्पताल बनाउने अभियानमा रहेको र यसमा प्रवासी नेपालीको ठूलो हात रहने बताए ।

बागलुङबाट विभिन्न देशमा प्रतिनिधित्व गर्ने प्रवासी समाजले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने रु१२ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका हुन् ।

अस्पताललाई १०५ पिपिइ सेट, थर्मलगन, मञ्जा र मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो । बागलुङ समाज (जापान), बागलुङ सेवा समाज (कतार), बागलुङ समाज (स्पेन), बागलुङ समाज (पोर्तुगल), बागलुङ समाज (बेल्जियम), बागलुङ सेवा समाज (युएइ), बागलुङ समाज (कोरिया), बागलुङ समाज (क्यानडा), बागलुङ सेवा समाज (मलेशिया), बागलुङ युवा समाज (अष्ट्रेलिया) का साथै युएसए, बेलायत, जर्मनी, स्वीडेन, फ्रान्स, नर्वेलगायतका विभिन्न देशमा बस्ने बागलुङेहरुको सहयोगमा रु १० लाख ३१ हजाररको स्वास्थ्य सुरक्षा सामग्री धवलागिरि अस्पताललाई र बिहुँकोट समाज जापानले काठेखोला गाउँपालिकालाई रु एक लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको थियो ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले प्रवासी नेपालीहरुकै सहयोगमा झण्डै रु ७० हजार बराबरको सामग्री अस्पताललाई प्रदान गरिएको थियो । यसरी प्रवासीहरुले एकमुष्टरूपमा कोरोना रोकथामका लागि रु १२ लाख बराबरको सामग्री सहयोग गर्नुभएको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिए ।

अभियानको समन्वय स्पेनमा बस्दै आएका पर्यटन सद्भावना दूत एवं एनआरएनए युरोपका निवर्तमान उपसंयोजक एकराज गिरी, बेलायतबाट सामाजिक अभियन्ता कृष्णप्रसाद शर्मा, कतार एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, जापानका सिद्धार्थ श्रेष्ठ र दक्षिण कोरियाका राम शर्माले गरेका थिए। यस्तै अभियानमा सूर्य हमाल र राज रेग्मीको विशेष सहयोग रहेको बताइएको छ ।

लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका महासचिव पनि रहेका गिरीले राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सुझावअनुरुप आफूहरु सामाजिक काममा अगाडि बढिरहेको बताए । हस्तान्तरण कार्यक्रममा मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको समेत उपस्थिति थियो । विदेशबाट प्राप्त रकमको नेपालमा समन्वय गोविन्द सुवेदी (लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका उपाध्यक्ष) ले गरेका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ११ : ४० बजे

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ

प्रकाशित भयो एसईई नतिजा, उत्तीर्ण भए ६५.९८ प्रतिशत विद्यार्थी

काठमाडौँ । एसईई नतिजा प्रकाशित भएको छ । यसवर्ष ६५

‘प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति कार्यक्रमको समयमा केहीबेर विश्राम’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता