प्रदेश १ मा र्‍यापिड टेष्ट रोक्न कांग्रेसको माग « Khabarhub

प्रदेश १ मा र्‍यापिड टेष्ट रोक्न कांग्रेसको माग


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश १ मा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण रोक्न माग गरेको छ ।

प्रदेश नम्बर एकको कांग्रेस संसदीय दलको बैठकले आरडीटी परीक्षणको नतिजा विश्वसनीय नदेखिएको र त्यसविरुद्ध चौतर्फी आवाज उठिरहेकाले तत्काल रोक लगाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले संघीय र स्थानीय सरकारसँग समन्वय गरी आरडीटी परीक्षणको नतिजा विश्वसनीय नदेखिएकाले त्यसलाई तत्काल रोकेर पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने बैठकले निर्णय गरेको बताए ।

हालसम्म आरडीटी परीक्षणमा संक्रमण देखिएकाको थ्रोट स्वाब परीक्षणमा संक्रमण देखिदैन भने संक्रमण नदेखिनेमा स्वाब परीक्षणमा संक्रमण देखिँदै आएको प्रदेश सरकारकै तथ्यांकले प्रष्ट पार्दै आएको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : ३६ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज